विप्लव नेकपाका नेता सुदर्शनलाइ हाजिर गराउन सरकारलाई सर्वोच्चको निर्देशन
काठमाडौं – सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई हाजिर गराउन सरकारलाई निर्देशन दिएको छ ।
प्रहरी नियन्त्रणमा रहेका वलीलाई पक्राउ परेपछि छोरी विपना वलीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
रिटमा प्रारम्भिक सुुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।