माओवादीकी सुवेदीले दिइन् कानुन समितिको सभापतिमा उम्मेदवारी

आइतबार, १० भाद्र २०८०

काठमाडौं— प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा सत्तारूढ माओवादी केन्द्रकी सांसद बिमला सुवेदीले उम्मेदवारी दिएकी छन्।

उनको प्रस्तावकमा प्रस्तावकमा पूर्ण बहादुर घर्ती र समर्थकमा कांग्रेसका रमेश लेखक एमालेका महेश बर्तौला र राप्रपाका ध्रुवबहादुर प्रधान छन्। सत्ता गठबन्धनले राप्रपालाई पूर्वाधार विकास समिति दिएपछि प्रधान सुवेदीको समर्थक बसेका हुन्। सुवेदी समानुपातिकतर्फ नुवाकोटकी सांसद हुन्।