सरकारलाई सोबिताको आग्रह, विधेयकहरु आफूले पढेर मात्रै संसदमा पेस गर्नुहोस्

मंगलबार, १२ भाद्र २०८०

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारलाई विधेयकहरु आफूले पढेर मात्रै संसदमा पेस गर्न सचेत गराएकी छिन् ।

उनले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको तस्तै संसदमा पेश गरिएको भन्दै सरकारको आलोचना गरेकी छन् ।

८१ वटा ऐनहरु आकर्षित हुने सो विधेयक सरकारले सांसदहरुलाई पढ्ने मौका समेत नदिई खिचडी जस्तो बनाएर संसदमा पेश गरिएको भन्दै आलोचना गरेकी हुन् ।

मंगलबार सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरुले पेस गर्ने आवश्यक व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण समेत गराइन् ।

सांसद गौतमले ८१ वटा ऐन आकर्षित हुने विधेयक अध्ययन गरेर ७२ घण्टा भित्र सांसदहरुले संशोधन हाल्न नसक्ने पनि बताइन् ।