नेसनल प्याब्सन काठमाडौंको अधिवेशन आज, पाण्डे र खरेल चुनावि मैदानमा

शनिबार, १६ भाद्र २०८०

काठमाडौं – नेसनल प्याब्सन काठमाडौं महानगरपालिकाको अधिवेशन आज हुँदैछ । काठमाडौं धुम्बाराही स्थित स्मार्ट पार्टी प्यालेसमा हुने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि लागि वर्तमान उपाध्यक्ष बिजय खरेल र कार्यबहाक सचिव नबराज पाण्डेबिच प्रतिस्पर्धा हुने देखिएको छ । कामना इन्टरनेशनल स्कुलका संचालक पाण्डे यसअघि सहसचिवमा निर्वाचित भएका थिए । सचिव निस्कृय भएपछि उनी कार्यबहाक सचिव बनेका थिए ।

नेशनल प्याब्सनका सदस्यले उनलाई अर्को कार्याकालका लागि अध्यक्ष बन्न सल्लाह दिइरहेका छन् । तर पाण्डेले मानेका छैनन् ।

अर्का अध्यक्षका उम्मेदवार युनिभर्सल सेकेण्डरी स्कुलका प्रिन्सिपल पाण्डे त्रिभुवन विश्वविध्यालय, सरस्वती क्याम्पसमा अंग्रेजी विषयका स्थायी उप–प्राध्यापक हुन् । त्रिविका उप-प्रध्यापक नेशनल प्याव्सनको अध्यक्षाको उम्मेदवार बन्न नपाइने केही प्रिन्सिपलहरुले तर्क गरिरहेका छन् ।

खरेलले त्रिभूवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० को धारा ६७ विरुद्ध उम्मेदवारी दिन खोजेकाले उनको उम्मेदवारी गैरकानूनी हुने उनीहरुको तर्क छ । नियमको धारा ६७ मा कुनैपनि राजनीतिक निर्वाचनमा भाग दिन नपाइने व्यवस्था गरिएको छ ।

यदी यस्तो निर्वाचनमा भाग लिन परे १५ दिन अघि त्रिवि सेवा आयोग समक्ष राजीनामा बुझाउनु पर्ने कानूनी व्यवस्था छ । तर कानून बमोजिम स्थापना भएका संघ संस्थाको चुनाव लड्न यो नियमले बाधा नपुग्न नियमको धारा ६७ को उपधारा २ मा व्यवस्था गरिएको छ ।

प्रिन्सिपलहरुले भने उनले त्रिवीलाई जानकारी गराएर अध्यक्ष लड्नुपर्नेमा जानकारी नगराएर अध्यक्ष बन्न आएको तर्क गर्दै अध्यक्ष जितेपनि त्रिविले राजीनामा गर्न लगाउने भएकाले उनलाई भोट हाल्नु र नहाल्नुमा कुनै अर्थ न हुने तर्क गरिरहेका छन्।