बाढीको कारण क्षतिग्रस्त बनेको मुक्तिक्षेत्र गाउँपालिकाको स्थलगत अवलोकन गर्दै गृहमन्त्री
काठमाडौं— उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (कागबेनी) बाढीबाट भएको क्षतिको स्थलगत अनुगमन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलवार बाढी स्थल पुगेर उनले स्थलगत अनुगमन गरेका हुन् ।
अविरल वर्षासँगै साउन २८ गतेको स्थानीय कागखोलाको बाढीले त्यहाँ ठूलो भौतिक क्षति पुर्याएको थियो ।
क्षतिको अनुगमनपछि उपप्रधानमन्त्री श्रेष्ठले तत्कालीन प्राथमिक आवश्यकलाई समाधान गर्दै प्राविधिक र योजनाविद् अध्ययन आधारित निष्कर्ष निकालेर कागबेनीको पुनर्निर्माण गरिने, रणनीतिक रूपले व्यवस्थित बस्ती बसाइने बताए । उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिनसमेत स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
संघीय, प्रदेश र स्थानीय सरकार वा संघसंस्थामार्फत सामान्य तत्कालीन राहत पुगे पनि त्यो पर्याप्त, व्यवस्थित र एकद्वार हुन नसकेको जनप्रतिनिधि तथा स्थानीयको गुनासो थियो ।