माइला लामाको एमसीसी विरोधी गीत, ‘जहाँ पुग्छ अमेरिका त्यहाँ हाहाकार’ सार्वजनिक

मंगलबार, १९ भाद्र २०८०

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका पोलिव्युरो सदस्य तथा जनसांस्कृतिक महासंघका इन्चार्ज माइला लामाको एमसीसी विरुद्धको गीत सार्वजनिक भएको छ । ‘गो ब्याक अमेरिका, गो ब्याक एमसीसी’ शिर्षकको गीत माइला लामा युट्यु च्यानलबाट सार्वजनिक भएको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा जबरजस्ती लागु गर्नखोजेपछि यसको व्यापक विरोध भइरहेको छ । यसकै विरोध स्वरुप माइला सीले एमसीसी विरुद्धको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा ‘जहाँ पुग्छ अमेरिका त्यहाँ हाहाकार, चल्न थाल्छ गोला बारुद हुन्छ मरामार’ लगायतका शब्दहरु रहेका छन् । अमेरिका विभिन्न देशहरुमा गएर तहनहर पारेको र नेपालमा पनि अशान्ति फैल्याउन एमसीसीको सहारामा नेपाल प्रबेश गरेको गीतको भाव छ ।

गीतमा माइलाको शव्द र संगित रहेको गीतमा रमन थामी, निर्मला घिसिङ, दिपेश लामा, सारदा लिम्बुको स्वर रहेको छ । गीतको संगित संयोजन विहिनी विकले गरेका छन् । क्रान्तिकारी सर्जक माइलाका थुपै्र क्रान्तिकारी गीतहरुमा शब्द संगित र स्वर दिएका छन् ।