केपी ओली देशभक्क्त नेताको रुपमा पाएँः जियाजुन

बुधबार, २० भाद्र २०८०

काठमाडौं— चिन भ्रमणमा रहेका नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच आज भेटर्वार्ता भएको छ । नेता जियाजुनले नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पुरानो र गहिरो भएको उल्लेख गर्दै भविष्यमा पनि दुई पार्टीबीच ज्ञान, अनुभव र विचार आदनप्रदान जारी राख्नु पर्ने बताए ।

नेता जियाजुनले गत साउनमा नेपाल भ्रमणको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको उल्लेख गर्दै अध्यक्ष ओलीलाई आफूले एक देशभक्क्त नेताको रुपमा पाएको बताए । गत साउनमा आफ्नो नेपाल भ्रमणको क्रममा नेपालीहरुको विकास र आर्थिक समृद्धिको तिव्र चाहना पाएको उल्लेख गर्दै जियाजुनले नेपालको विकासमा सहयोगको लागि चीन तत्पर रहेको बताए ।

आर्थिक विकासको लागि शहर र गाउँ, धनी र गरिविच असन्तुलनलाई हटाउन जरुरी रहेको उल्लेख गर्दै जियाजुनले यसको लागि छोङछिङको सफल अनुभव रहेको बताए ।

उनले छोङछिङको सफल अनुभव र ज्ञान नेपालको आर्थिक विकासको लागि महत्वपूर्ण हुने नेपालसँग सहकार्य गर्न तयार रहेको बताए । उनले दक्षिण एशियाको गरिबी निवारणको लागि छोङछिङ केन्द्र रहेको उल्लेख गर्दै नेपालको समृद्धिको लागि कृषि, पर्यटन र उद्योगमा सहयोग गर्न तयार रहेको बताए ।

धान उत्पादनको लागि छोङछिङ प्रसिद्ध रहेको बताउदै उनले नेपालको कृर्षिको आधुनिकीकरणका लागि छोङछिङको ज्ञान र प्रविधि सहयोग गर्न तत्पर रहेको बताए । कृर्षको अध्ययन गर्नेलाई छोङछिङको विश्वविद्यालयमा छात्रवृत्ति र अनुभव तथा अनुसन्धान गर्नेलाई छोङछिङले अवलोकनको अबसर दिने बताए ।