काठमाडौँ महानगरपालिका–१६ को कार्यवाहक अध्यक्षको जिम्मेवारीमा पुष्प महर्जन

मंगलबार, २६ भाद्र २०८०

काठमाडौं— काठमाडौँ महानगरपालिका वडा नं–१६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ ।

सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय भएको थियो । वडाका अध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।