नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा ‘विरही’आकस्मिक मुटु अप्रेसनपछि आज डिस्चार्ज हुँदै
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य जनप्रचार तथा प्रकाशन प्रालिका निर्देशक अनिल शर्मा ‘विरही’ को आकस्मिक मुटु अप्रेसनपछि आज डिस्चार्ज हुँदैछन् ।
यसअघि विरहीलाई डाइबिटिज थियो । स्वास्थ्यमा समस्या देखिएपछि यहीँ असोज १ गते डा। अमित शाक्यद्वारा डाइबिटिज चेक गराएका थिए । डाइबिटिज चेक गर्दा शर्मालाई डा। शाक्यले इसिजि गर्न सुझाव दिएका थिए । इसिजि गर्दा मुटुमा रगत अलिकति कम देखिएको थियो ।
मुटुमा रक्तप्रवाह कम देखिएपछि शर्मा बिहीबार गंगालाल हस्पिटलमा एमडि डा: चन्द्रमणी अधिकारीसँग चेकजाँच गराएका थिए । सोही हस्पिटलमा आज आकस्मिक मुटुको अप्रेसन अर्थात एनजीओ ग्राम गरिएपछि आजै डिस्चार्ज हुने बताइएको छ । अहिले उनको अवस्था सामान्य रहेको हस्पिटलमा साथमा रहेका यस प्रा। लि। प्रबन्ध निर्देशक सञ्जीवले बताए ।