प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रको अवलोकन गर्न झापाबाट सिधैं बारा जाँदै
चैत १८ काठमाडौँ – पूर्वको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि स्थलगत अवलोकनका लागि सीधै बारा जाने भएका छन् ।
आइतबार झापा र मोरङमा हुने कार्यक्रमका लागि गएका प्रधानमन्त्री ओली बारा र पर्सामा हावाहुरीका कारण कम्तिमा २७ जनाको ज्यान गएको तथा ६ सय भन्दा बढि घाइते भएपछि सीधै प्रभावित क्षेत्र जाने भएका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारका अनुसार बिहान १० बजेपछि प्रधानमन्त्रीसहितको टोली हेलिकप्टर मार्फत बारा जाने छ ।अधिकारले भने, ‘अहिले प्रधानमन्त्री ज्यूको टोली दमकमा छ । यहाँका कार्यक्रम छोट्याएर उहाँ भद्रपुर विमानस्थलबाट स्काइट्रक (हेलिकप्टर) मार्फत बारा जाने तयारी छ ।’