अभियन्ता ‘ ईः’ र उपमेयर डंगोलबिच भेट, स्वास्थ्यबारे चासो लिँदै सुस्वास्थ्यको कामना

मंगलबार, ९ असोज २०८०

काठमाडौं— काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाका मेयरको कार्यालय अगाडि उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईशान श्रेष्ठ ‘ ईः’ लाई भेटेकी छन् ।

विगत १६५ घण्टा अर्थात ८ दिनदेखि प्रदर्शन गरिरहेका ईः लाई भेट्न डंगोल सोमबार बिहान प्रदर्शन गरिरहेको ठाउँमा पुगेकी हुन् । अभियन्ता ईः लाई भेटेर डंगोलले उनको स्वास्थ्यबारे चासो लिँदै सुस्वास्थ्यको कामना गरेकी थिइन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई चुनावी वाचा सम्झाउन ईः आठ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् ।