समाजवादी मोर्चा नेपाल, ताप्लेजुङकाे पहिलो बैठक सम्पन्न

मंगलबार, ९ असोज २०८०

ताप्लेजुङ  – समाजवादी मोर्चा नेपाल, ताप्लेजुङकाे बैठक सम्पन्न भएको छ ।

बैठक नेकपाका केन्द्रिय प्रतिनिधि समिति सदस्य क. अशल सीको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा देशमा भएको बिधमान राजनैतिक समस्या समाधान गर्ने, वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने, महंगी भ्रष्टाचारको विषयलाई नियन्त्रण गर्ने ,समाजवादी मोर्चाको आवश्कताको जानकारी गराउने लगाएतको विषयलाई लिएर छलफल भएको थियो । बैठकले ताप्लेजुङ जिल्लामा मोर्चाको घोषणा गर्नुको साथै सन्देश सभा पनि यहि असोज २६ गते सिटि हलमा गर्ने निर्णय गरेको छ।

बैठकमा नेकपा (माओबादी केन्द्र)का केन्द्रिय सदस्य सीता थेबे, जिल्ला समयोजक बिस्नु कुमार हाङ्वाङ ,एकीकृत समाजबादिका जिल्ला अध्यक्ष छिरिङ लामा , कुमार सिवा , जसपाका जिल्ला अध्यक्ष कृतिमान मादेन लगायत नेकपाका केन्द्रिय प्रतिनिधि समिती सदस्य कमरेड अशल सी र जिल्ला इन्चार्ज नरपती सीको उपस्थिती रहेको थियो ।