हावाहुरीबाट गम्भीर घाइते पाँच जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

सोमबार, १८ चैत्र २०७५

चैत्र १८ काठमाडौं– बारा र पर्सामा आइतबार राति आएको हावाहुरीबाट गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

त्यसैगरी १०० भन्दा बढी घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल र विरगञ्ज हेल्थ केयर सेन्टरमा ५० बढी घाइतेको उपचार भइरहेको बताइएको छ।

नारायणी उपक्षेत्रीय अस्पतालका एक कर्मचारीले अहिले पनि गाउँगाउँबाट घाइतेहरू अस्पताल आउने क्रम जारी रहेको जानकारी दिए। उनले भने, ‘हिजो राति उद्धारका लागि प्रहरी र स्वास्थ्यकर्मी पुग्न नसकेका स्थानमा बिहानै चिकित्सकसहितको टोली गाउँमा पठाइएको छ।’