नेताहरुलाई हरिवंशको सल्लाह, सवारी गर्न त्यतिनै रहर भए दमकलमा बसेर जानुहोस्
काठमाडौं— वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुको सवारीलाई ठुलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान सल्लाह दिएका छन् ।
आज सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उनले अहिले पनि विशिष्ट व्यक्तिहरूको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको विरोध गरे । साथै उनले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने पनि बताए।
उनले सार्वजनिक यातायातको विकास नभइकन कुनै पनि देशमा जनताले सुख नपाउने बताए । राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्ने भए पनि नेपालले सार्वजनिक बसमा लगानी गर्न नसकेको भन्दै उनले देशमा बस स्टप नै नभएको भन्दै त्यतातर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले विरोध गर्ने ठाउँ टुँडिखेलमा ताल्चा मारेर राख्न नहुने बताए