प्रतिद्वन्दीको पसिनाछुट्नेगरि अधिकारीको यस्तो प्रतिबद्धता सहितको उम्मेदवारी, एनआरएनमा हलचल
काठमाडौँ – एनआरएनएका उम्मेदवार विनय अधिकारीले ५० अर्ब रुपैयाको लगानी भित्र्याउने तयारीमा जुटेका छन् । आफ्नो उम्मेदवारी मार्फत नै प्रतिवद्धता जनाएका अधिकारीले अध्यक्ष भए लगतै कोष निर्माण कार्यमा जुट्ने बताएका हुन् ।
उनले भने,‘ पहिला नागरिकताको समस्या थियो अहिले अब त्यो समस्या हटेको छ त्यसैले अब लगानी ल्याउन समस्या छैन ।’ अधिकारीले आसन्न निर्वाचनको तयारीलाई तिब्र बनाउदै बिभिन्न देशका गैर आवासिय नेपाली संघका सदस्यहरुसंगको भेटमा प्रतिवद्धता जनाउदै सबै सदस्यहरु, एनआरएनएका पुर्व पदाधिकारी तथा वर्तमान कार्यसमितिहरुलाई आफ्नो प्रतिवद्धता सहित अब लगानी भित्राउन हुने असहजताको अन्त्य भएको बनाएका छन् ।
हालै मात्र मध्यपूर्वका विभिन्न शहर पुगेर आफ्नो एजेन्डाहरुलाई अघिसार्दै एनआरएनएमा हुने सबैखाले हस्तक्षेपको अन्त्यगरि बिसुद्ध गैर आवासिय नेपालीहरुको साझा संस्था बनाउन विभिन्न राजनीतिक दलहरुसँग पनि उनले आगामि हुन सक्ने राजनीतिक परिस्थिति र समस्याबाट कसरी एनआरएनएको समस्या समाधान गर्न सक्छ भन्ने विषयमा गहिरो समिक्षा सहित प्रतिक्रिया लिइरहेका छन् ।
एनआरएनएमा रहेर विनय अधिकारीले गैर आवासिय नेपालीहरुको हितमा र समग्र नेपालीहरुलाई समस्या पर्दा यो संस्थाले कस्तो पहलकदमी लिनुपर्छ भन्ने बिषय कोरोना, भुकम्प र बिभिन्न प्रकृतिका बिपतीमा लिएको पहलकदमीको प्रसंसकहरुको चौतर्फीबाढी नै थियो । अधिकारीका यस्ता सकारात्मक कार्य र प्रतिवद्द्ताले अहिले उनको उम्मेदवारीलाई लिएर एनआरएनमा हलचल नै मच्चिएको विभिन्न देशका एनआरएनका जानाकारहरु बताउछन् ।’
एनआरएनएको हाल उपमहासचिव पदमा रहेका अधिकारीले अध्यक्ष भएपछी आफ्नो भूमिका कस्तो रहने नेपाली श्रमिकको हितलाई कसरी सिरोपर गर्ने भन्ने बिषयलाई उनले पहिलो प्राथमिकतामा राखेका छन् ।
अधिकारीले आफु उपमहासचिव हुदाँ गरेका प्रतिबद्धताहरु कार्यान्वयनको अवस्थामा रहेको बताउदै विकसित परिस्थिलाई ध्यानमा राखेर एनआरएनएको अध्यक्षमा रहेर थप परिमार्जन सहितको एनआरएन बनाउने रणनीति भिजन उनको रहेको छ ।
यस्तो छ उनको दीर्घकालीन र आगामिक बैज्ञानिक योजना
उनले एनआरएनमा जोडिएदेखी नै सबैको एनआरएनए भन्दै आएका छन । साथै एनआरएनए, ज्ञान सीप र नवप्रर्वधनका लागि एनआरएनए, उत्तरदायी र पारदर्शी एनआरएनए, एनआरएनको लागि एनआरएनए, नेपाल सरकारसँग एनआरएनएबीच सहकार्य गर्न आवश्यक पर्छ ।
महिला, युवा, वैदेशिक रोजगारमा गएका नेपाली, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरू सहित आम गैरआवासीय नेपालीहरूले अपनत्व महसुस गर्ने संस्थाको रूपमा संघलाई रूपान्तरण गर्ने अभियान जारी राख्ने । गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउने । सम्पूर्ण पंजिकृत सदस्यहरूलाई अनलाइनबाट मतदानको व्यवस्था गर्ने ।
आर्थिक दीगोपनका लागि प्रविधिमा आधारित वैकल्पिक स्रोतको पहिचान गर्ने तथा एनआरएनए फाउन्डेसन मार्फत युएन अन्तर्गतका संस्था र अन्तर्राष्ट्रिय परोपकारी संस्थासँग सहकार्य गर्ने ।
सिमा समस्या, भुमण्डलीकरण र जलवायु परिवर्तनका विषयमा अन्तराष्ट्रिय मंन्चसम्म लैनाने संघको निर्वाचनलाई मर्यादित र मितव्ययी बनाउने । आर्थिक पारदर्शिता कायम गर्ने । अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनले राष्ट्रिय समन्वय परिषदलाई असर नगर्ने खालको निर्वाचन पद्दति अवलम्बन गर्ने । अधिकारीको यस्तो कार्य र नबिनतम बैज्ञानिक योजना सहितको प्रतिवाद्द्ताले प्रतिद्वन्दीको पसिना छुट्न सुरु गरेको एनआरएनए भित्र चर्चा हुन थालेको छ।