नेकपा एस प्रवेश गरेको २४ घण्टा नपुग्दै एमालेमै फर्किए अध्यक्ष सुनिल कौशल
काठमाडौं— नेकपा एस प्रवेश गरेको २४ घण्टा नपुग्दै रोहिणी गाउँपालिका अध्यक्ष सुनिल कौशल पुन एमालेमै फर्किएका छन् । कौशलले आइतबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग टीका लगाएर पार्टी प्रवेश गरेका थिए।
नेकपा एसको अभियानमा उनीसहित ६५ जना आफ्नो पार्टीमा आएको नेकपा एसले जनाएको थियो । कौशलले आफूसहितको टीम एमालेमै फर्केको बताए । ‘धेरै सोचेर मूल पार्टीमै रहने निर्णय गरिया, हिजो गलत भएछ’, उनले भने ।
पार्टीभित्रको आन्तरिक समस्याका कारण एमाले परित्यागको घोषणा गरेको भए पनि आफू साविककै पार्टी एमालेमा रहेको उनले बताएका हुन् । कौशलले नेपाली जनताको आड भरोसाको पार्टी नेकपा एमाले भएको उल्लेख गर्दै आफू विचलित भएर गरेको एमाले परित्यागको निर्णयलाई पुनः सच्च्याएको विज्ञप्तिमार्फत् बताएका छ्न् ।
उनले आफूसँगै पार्टी छाडेकाहरू सबैले निर्णय सच्च्याएर एमालेमै रहेको बताए ।