आइपिएलमा विराट कोहलीको टिम बैंग्लोरको लगातार चौथो हार

बुधबार, २० चैत्र २०७५

चैत्र २० काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको यो सिजनमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार चौथो हार बेहोरेको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सले बैंग्लोरमाथि सात विकेटको जित दर्ता गरेको हो । १६९ रनको लक्ष्य राजस्थानले एक बल बाँकी हुँदा तीन विकेटको क्षतिमा भेट्टाएको हो ।

जयपुरमा भएको खेलमा राजस्थानका लागि जोस बटलरले ४३ बलमा ८ चोका र एक छक्काको सहयोगमा ५९, स्टीव स्मिथले ३१ बलमा ३८ तथा राहुल त्रिपाठीले २३ बलमा नटआउट ३४ रनको योगदान दिएका हुन् । बैंग्लोरका युजवेन्द्र चहलले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले चार विकेटको क्षतिमा १५८ रन बनायो । उसका लागि पार्थिव पटेलले ४१ लबमा सर्वाधिक ६७ रन बनाए । यस्तै मार्कस स्टोइनिसले २८ बलमा नटआउट ३१ तथा कम्तान विराट कोहलीले २५ बलमा २३ रनको योगदान दिएका थिए ।

लगातार तीन खेलमा पराजित भएको राजस्थानले चौथो खेलमा जित निकालेको छ । तर लगातारको चौथो हारले बैंग्लोरको अवस्था नाजुक बनेको छ । अन्तिम चारमा पुग्नका लागि बैंग्लोरलाई निकै कठिन देखिएको छ ।