चाडपर्व विशेष कार्यक्रमकाे खर्च कटाएर इक्यानले भूकम्प पीडितलाई राहत दिने

सोमबार, २० कार्तिक २०८०

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले जाजरकोट र रूकुम पश्चिममा गएको भुईचालोबाट प्रभावित परिवारजनमा राहत उपलब्ध गराउने भएको छ । इक्यानले जाजरकोट र रूकुम पश्चिममा गएको भुईचालोबाट प्रभावित परिवारजनमा राहत होस् भन्ने उद्देश्यले ५ लाख ६० हजारकाे काेष खडागरी जुटेकाले रकम उपलब्ध गराउने भएकाे हाे ।

ईक्यानले आफ्नाे कोषबाट ३ लाख १ हजार र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुबाट २ लाख ५ हजार गरि एकमुष्ठ  ५ लाख ६ हजारकाे काेष खडा गरेकाे हाे ।

सोमबार बसेको इक्यान कार्यसमिति बैठकले शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण त्यस क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पिडितको राहतका लागि कोष स्थापना गरि कार्यसमितिका पधाधिकारी र सदस्यहरुबाट एकमुष्ठ ५ लाख ६ हजार राहत उपलब्ध गराउने निर्णय गरेको इक्यानद्वारा जारी विज्ञप्ति मार्फत जनाइएकाे छ ।

इक्यानका महासचिव दिपक राज भुसालद्वारा जारि  विज्ञप्तिमा भनिएको छ, ‘भुकम्पमा परी ज्यान गुमाउनु हुनेहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ साथै भुकम्पमा परी ज्यान गुमाउनु हुनेहरूको आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछौ ।’

ईक्यानले आफ्नो नियमित कार्यक्रमको रुपमा मनाउन लागेको चाडपर्व विशेष कार्यक्रमलाई स्थगन गरि जाजरकोट र रूकुम पश्चिममा गएको भुईचालोबाट प्रभावित परिवारजनमा राहत उपलब्ध गराउने निर्णय गरेकाे हाे ।

यस्तो छ नेपाल सैक्षिक परामर्श संघ इक्यानद्वारा जारी वक्तव्य