संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा पर्दैनः प्रकाशमान सिंह
काठमाडौं— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् । लौहपुरूष गणेशमान सिंहको १०९ओै जन्मजयन्तिमा आयोजित कार्यक्रमका क्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।
उनले अहिले जनताले डेलिभर खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘जनतालाई डेलिभरि गर्न तीनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंहले बताए ।
त्यस्तै सञ्चारकर्मीको जिज्ञासामा उनले तिहारपछि सत्तागठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको पनि बताए । संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसारनै गठबन्धन अघि बढ्ने सिंहको भनाई थियो । साथै भूकम्प प्रभावित नागरिकको सहयोगका लागि सरकार र सबै एकजुट भएर दुख मा साथ दिनुपर्ने बताए ।