क्रान्तिकारी कम्युनिस्ट पार्टी वैचारिक रुपमा पतन भयो : कान्छाराम तामाङ

शनिबार, २ मंसिर २०८०

काठमाडौं – वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य कान्छाराम तामाङले उक्त पार्टी वैचारिक रुपमा पतन भएको बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको क्रान्तिकारी कम्युनिस्टहरुको धु्रविकरण तथा एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी कम्युनिस्ट पार्टीमा वैचारिक विचलन आएको बताएका हुन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी त्यागेर नेकपाल कम्युनिस्ट पार्टीमा समाहित भएका तामाङ र वैद्यहरुको सोच्ने तरिका भिन्नता आएपछि मदभेद बढेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले वैद्यहरु वैचारिक रुपमा पतन भएपछि आफूले एकीकृत जनक्रान्ति रोजेको बताए । ‘म रहेको पार्टीले अमेरिकालाई पनि साम्राज्यवाद भन्छ, रुसलाई पनि साम्राज्यवाद भन्छ, चुनावी रणनीति बनाउँछ यो त कार्यनीतिको विषय हो ।’, उनले भने, ‘यो वैचारिक विचलनको परिणाम हो । रुसले आत्मरक्षाका लागि अमेरिकासँग लडेको हो । यो साम्रज्यवाद होइन भन्ने मेरो लडाई थियो ।’

एकीकृत जनक्रान्ति ठिक लागेपछि आफूले नेकपाका महासचिवसँग छलफल चलाएको उजको भनाई थियो । ‘कुनै पनि विचार जनताको सुविधाका निम्ति बनाउने हो । जनतालाई सुविधा नदिन वाद ९विचार०को कुनै काम छैन ।’, उनले भने, ‘त्यो पार्टीमा जनतालाई काम नलाग्ने वाद मात्र छ, त्यसले क्रान्ति गर्न सक्दैन ।’

उनले क्रान्तिकारीहरुले दुस्मनका कानूनहरुको बारेमा पनि बहस गर्नुपर्ने तर्क गरे । ‘नेपालमा नागरिकताका लागि पहाडिया पीडित छन् । उनीहरुले नागरिकता पाएका छैनन्, लाखौं खर्च गरेर विदेशीले नागरिकता लिएका छन् । विदेशीलाई नागरिकता दिन तराईमा इलाका प्रशासन स्थापना भएका छन्, पहाडमा जिल्ला प्रशासनमै पुग्नुपर्छ ।’, उनले भने, ‘यस्ता कानूनका छिद्रहरुलाई पनि आन्दोलनको विषय बनाउनुपर्छ ।’

जनमुक्ति सेनामा पूर्वडिभिजन भिसी कुबेरले गरिखाने भन्दा लुटिखाने देश भनेर जनताले बुझ्न थाले बताए । यसलाई चिर्न एकीकृत जनक्रान्तिले मात्र सक्ने लागेर आफू नेकपामा समाहित भएको उनको भनाई थियो । धुब्रिकरण कार्यक्रमको। अध्यक्षता महासचिव विप्लवले गरेका थिए भने संचालन प्रवक्ता प्रकाण्ड सीले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई नेकपा स्थायी समिति सदस्य विषम सीले स्वागत गरेका थिए ।