नेकपाका कार्यकर्तामाथि भएको भौतिक आक्रमणप्रति माओवादी केन्द्र आलोचित

मंगलबार, ५ मंसिर २०८०

काठमाडौँ –  नेकपा (माओवादी केन्द्र) शंखरापुरले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथी भएको भौतिक आक्रमण आफुले गरेको स्वीकार्दै आत्मा आलोचना गरेको छ।

शोमबार माओवादी केन्द्र शंखरापुरले एक विगेप्ती जारी गर्दै आगामी दिनमा यस प्रकारको घटना नदोहोर्याउने प्रतिबद्धतासहित आत्मा आलोचना गरेको हो। माओवादी केन्द्र शंखरापुरले पार्टीका स्थानीय कार्यकर्ताहरुले भूलबस भौतिक आक्रमण गरेको स्वीकारेको छ। नेकपाका कार्यकर्तामाथि माओवादी केन्द्रले भौतिक आक्रमण गरेको विगेप्ती बाहिरिए पश्चात घटनामा संलग्न दुवैपक्ष बसेर छलफल गर्दा सो घटना भुलबस भएको स्विकार गर्दै दुबैपक्षको सहमति सहितको संयुक्तविगेप्ती जारी भएको छ।

नेपाल कम्युनिस्ट पार्टीकी काठमाडौँ जिल्ला समन्वय समितिकी अध्यक्ष भृकुटी सी र नेकपा माओवादी केन्द्रका काठमाडौँ जिल्ला सचिव महेश्वर फुयाल (विवेक) द्वारा हस्ताक्षेरित संयुक्त  वक्तव्यमा भनिएको छ, ‘यही मसिंर १ गते काठमाडौं जिल्ला शंखरापुर नगरपालीका वडा नं ३ मा भएको घटना र सो सम्बन्धमा नेकपा (माओवादी केन्द्र) का स्थानीय कार्यकर्ताहरुले नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ता माथि आक्रमण भएको विज्ञप्ती पश्चात दुवै पार्टीका नेता तथा घटनामा प्रत्यक्ष सहभागी दुवै पक्षका कमरेडहरु सहित छलफल गर्दा उक्त घटनामा नेकपा (माओवादी केन्द्र) का स्थानीय कार्यकर्ताहरुले भूलबस भौतिक आक्रमण गरेको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) ले आत्मा आलोचना सहित दुख व्यक्त गर्दै आगामी दिनमा यस प्रकारको घटना नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दछ  साथै आगामी दिनमा राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालमा छलफल अनि सहकार्य गर्दै अघि बढ्न दुवै पार्टी प्रतिबद्ध गरेका छौं ।

यस्तो छ नेकपा र माओवादी केन्द्रबीछ सहमती पश्चात जारी संयुक्त वक्तव्यको पूर्ण पाठ ……..