अराजक र व्यवस्थाविरोधीहरुलाई जवाफ दिनका लागि प्रदर्शन गरिएको होः महेश बस्नेत

बिहिबार, ७ मंसिर २०८०

काठमाडौं— युवा संघको प्रदर्शनको नेतृत्व गर्दै एमालेका नेता महेश बस्नेतले अराजक र व्यवस्थाविरोधीहरुलाई जवाफ दिनका लागि प्रदर्शन गर्न लागिएको प्रष्ट पारेका छन् ।

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजनको गरेको प्रदर्शनका लागि काठमडौंको तीनकुनेमा युवा कार्यकर्ता भेला भइसकेका छन् । प्रदर्शन स्थलमा रहेका सञ्चारकर्मीसँग कुराकानी गर्दै बस्नेतले युवाको प्रदर्शन अराजक नबन्ने बताए।

बस्नेतले आजको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको भन्दै व्यवस्था परिवर्तनमा लडेका शक्तिले अहिलेको व्यवस्था जोगाउनका लागि आजको आन्दोलनमा लाग्नुपर्ने बताए ।

उनले आवश्यक परेको खण्डमा सरकारले तोकेको निधेषित क्षेत्र तोडिन सक्ने पनि बताए । उनले शानित्पूर्ण प्रदर्शनमा अवरोध भएमा निषेधित क्षेत्र तोडिन सक्ने बताए ।