वडा सचिवलाई लाग्यो जीवित श्रीमानको मृत्यु दर्ता बनाएर एकल महिला भत्ता दिएको आरोप
काठमाडौं – श्रीमान जीवित हुँदै मृत्यु दर्ताको प्रमाणपत्र बनाएर एकल महिला भत्ता खुवाएको आरोपमा रामेछाप, मन्थली नगरपालिका वडा नं ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोसहित दुईजना विरुद्ध भष्ट्रचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन वडा सचिव महत्तो र निर्मला खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । खत्रीले आफ्नो जीवित श्रीमानको मृत्यु दर्ता गराई एकल महिला भत्ता लिएको आयोगले जनाएको छ ।
सचिव महतोले बद्नियतपूर्वक सूचनाको आधिकारिकताबारे छानबिन नै नगरी एकल महिला परिचयपत्र बनाउन लिखत तयार पारिदिएको आएको आयोगलेको आरोप छ । आयोगका अनुसार सचिव महतोले बनाइदिएको लिखतकै आधारमा खत्रीले ४५ हजार २२० रुपैयाँ लिएकी छिन् ।
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको ४५ हजार दुई सय बीस रुपैयाँ बिगोसहित, कैद सजायको मागदाबीसहति आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।