जनयुद्धले उचाइमा पु¥याएको राष्ट्रियता एमालेकरण गरेर प्रचण्डले फिक्का बनाएः गोपाल किराती 

शनिबार, ९ भाद्र २०७५

भदौ ९ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पछिल्ला दिनहरुमा देशको कुटनीतिक मामला कमजोर भएको बताएका छन् । उनले चीनप्रतिको शुद्ध धारणा लिपुलेक प्रकरणपछि शंकाको घेरामा परेको बताए ।
शनिबार संवाद डबलीमा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागले ‘अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले जनयुद्धले उचाइमा पु¥याएको नेपाली राष्ट्रियता एमालेसँगको एकतापछि पुनः फिक्का भएको बताए ।
“प्रचण्डले माओवादीलाई एमालेकरण मात्रै गराउनु भएन उहाँले राष्ट्रिय हित विपरित काम गर्न अझ बलियो आधार पनि दिनु भएको छ, विगारेका हाम्रो मुल्य, मान्यता र आदर्शलाई हामीले पुनः गौरवताका निम्ति काम गर्नुपर्ने छ” किरातीले भने
पूर्व मन्त्री समेत रहेका किरातीले आफू संस्कृति मन्त्री हुँदा पशुपतिनाथमा नेपाली पुजारी ल्याउने हिम्मत गरेको तर प्रचण्डले भारतीय पुजारी राख्ने पर्नेमा लागेको आरोप लगाए । उनले प्रचण्डको चरित्र विस्तारै उदांगो भएको समेत ताए ।
एक अर्को प्रसंगमा अध्यक्ष किरातीले सरकार जनविरोधी मात्र नभएर राष्ट्रिय हित विपरित कममा अभिमुख हुँदै गएकोले निकट भविष्यमा अर्को ठूलो आन्दोलन निम्तिने दाबी समेत गरे ।