सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने

बुधबार, १३ मंसिर २०८०

काठमाडौं— सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माको अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा फागुन ११ गते निर्वाचन गर्ने निर्णय भएको हो ।

निर्वाचन आयोगसँगको परामर्शको आधारमा मिति निर्धारण गरिएको उनको भनाइ छ ।