अदालतको पक्राउ पुर्जी र एमसीसीको विरुद्ध सशक्त संघर्ष गर्ने निर्णयसहित पश्चिम लुम्विनी व्यूरोको वैठक सम्पन्न
कपिलवस्तु – अदालतको कथित पक्राउ पुर्जी र राष्ट्रघाती एनसीसी सम्झौता, मिटर ब्याजी र लघुवित्तको चर्को ब्याजका विरुद्ध सशक्त संघर्ष गर्ने निर्णयसहित नेकपा पश्चिम लुम्विनी व्यूरोको चौथो पुर्ण वैठक सम्पन्न भएको छ ।
मंसिर १८ गते जिल्ला अदालत काठमाण्डौद्धारा नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेता विरुद्ध जारी गरिएको पक्राउ पुर्जी, दिन प्रतिदिन बढ्दै गइरहेको लघुवित्तको मनपरी, मिटर ब्याजीहरुको अवैध धन्दाको विरुद्ध शसक्त संघर्ष गर्ने निर्णय गर्दै नेकपा पश्चिम लुम्विनी व्यूरोको चौथो पुर्ण वैठक आज सम्पन्न भएको हो ।
नेपाल सरकार र नेपाल कम्यूनिष्ट पार्टी बिच तिन वुंदे सहमतिपत्रमा हस्ताक्षर भएको आज ३४ महिना वितिसक्दा पनि सहमतिपत्रमा उल्लेख भए अनुसार नेकपाका नेता तथा कार्यकर्तामाथी लगाइएको झुठ्ठा मुद्धा खारेजी र जेल हिरासतमा रहेका नेता कार्यकर्ता रिहाई गरिनुको साटो काठमाण्डौ जिल्ला अदालतद्धारा नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेता विरुद्ध उल्टो पक्राउ पुर्जी जारी गरिदैछ,यसले देशमा अग्रगामी परिवर्तन सहितको शान्ति, स्वाधिन र समृद्ध राष्ट्र देख्न नचाहने साम्राज्यवादको षडयन्त्रमा पश्चिमाहरुको कथित इशारामा अदालत परिचालित भएको नेकपाका स्थाई समिति सदस्य तथा संगठन विभाग प्रमुख विषम सी ले बताएका छन् । सरकार र नेकपा विच तिन वुँदे सहमति पत्रमा हस्ताक्षर गरी पार्टीका नेता कार्यकर्ता माथी लगाइएका झुट्टा मुद्धाहरु सरकार प्रमुख नै खारेज गर्ने विषयमा सहमत भई हस्ताक्षर गरीसके पछि अदालतले स्वत ति मुद्धाहरु खारेज गर्नुको साटो महासचिव, प्रवक्ता लगायतका नेता कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी गर्नु अदालत आफु खुसि नभई विदेशीकै इशाारामा चलेको प्रमाणित हुन्छ उनले भने । अँझ अचम्मको कुरा त यो छ की वर्तमान सरकार प्रमुखलाई समेत पक्राउ पुर्जी जारी गर्नुले नेपालको न्यायालयले कसको पक्षमा र कहाँबाट परिचालित छ भन्ने गम्भिर प्रश्नहरु उब्जिन्छन् यसको जवाफ अदालतले दिनुपर्ने नेता विषमले बताउ । त्यस्तै एमसिसि सम्झौताले राष्ट्रिय स्वाधिनता,सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउने अमेरिकी षडयन्त्र रहेकोले राष्ट्रघाती एमसिसि सम्झौता सडकबाटै खारेज गर्नुपर्ने उनले बताए । कथित पक्राउ पुर्जी,राष्ट्रघाती एमसिसि सम्झौता, दिन प्रतिदिन बढ्दै गइरहेको लघुवित्तको मनपरी, मिटर ब्याजीहरुको अवैध धन्दाको विरुद्ध शसक्त संघर्ष गर्ने निर्णय गर्दै व्यूरोको चौथो पुर्ण बैठक भालुवाङ्गमा सम्पन्न भएको नेकपा का पोलिट व्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जिव सी ले जानकारी दिएका छन् ।

त्यस्तै नागरिकलाई घरवार विहिन बनाई उठिबास र आत्मदाह गर्न सम्म बाध्य पार्ने अपराधी मिठर ब्याजी र लघुवित्तका नाइकेहरुलाई जनगुनासो को आधारमा सामाजिक रुपमै जनकार्वाही गर्ने नेकपा ले जनाएको छ । वैठकमा नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरो अन्तरगतका सात जिल्लाहरु पुर्वी र पश्चिम कपिलवस्तु, देउखुरी, पुर्वी र पश्चिम प्यूठान् त्यसैगरी उत्तर र दक्षिणी अर्घाखाँचीका इन्चार्ज र सेक्रेटरीको उपस्थिति रहेको थियो । राष्ट्रघाती एमसिसि सम्झौता खारेजीको लागि नेकपाले विभिन्न संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरिसकेको छ ।