एकीकृत समाजवादी पाटिमा विधान संशोधनबारे बहष

बुधबार, ११ पौस २०८०

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौँ बैठक बुधवार आज बाट सुरु हुँदै छ । ललितपुरको एक पार्टी प्यालेसमा बस्ने बैठकमा खास गरी विधान संशोधनबारे छलफल हुनेछ ।

यसअघि विधान संशोधनका लागि गठित तीन सदस्यीय मस्यौदा कमिटीले तयार पारेको मस्यौदामाथि छलफल र केन्द्रीय सदस्यका सुझावहरूलाई समेत समेटेर विधान संशोधन गर्न एकीकृत मस्यौदा तयार गर्ने र आगामी माघमा हुने विधान सम्मेलनमार्फत पारित गर्ने समाजवादीको तयारी छ ।

त्यसका लागि केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूलाई ११ वटा प्रश्न सोध्ने तयारी रहेको छ । केन्द्रीय कमिटीका सदस्यहरूलाई सोध्न तयार पारिएका प्रश्नमा महाधिवेशन वा अधिवेशनहरूका प्रतिनिधि चयनको प्रक्रियालाई प्राथमिकतामा राखिएको छ । जसमा दुई वटा विकल्पसहित जवाफ दिन केन्द्रीय सदस्यहरूलाई भनिएको छ

प्रतिनिधि चयनका सवालमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय र मातहत कमिटीका सदस्यहरू स्वतः प्रतिनिधि हुने र बाँकी प्रतिनिधि निर्वाचित भएर आउने वा सबै कमिटीका सदस्यहरू तोकिएको निर्वाचन क्षेत्रबाट निर्वाचित भएर महाधिवेशन वा अधिवेशनमा सहभागी बन्ने भन्ने विकल्प प्रस्तावका रूपमा अघि सारिएको छ ।

त्यस्तै केन्द्रीय सङ्गठनात्मक संरचना, केन्द्रीय परिषद्, कमिटीहरू कति सङ्ख्या, कमिटीमा कति तहका संरचना राख्ने, पदाधिकारीको सङ्ख्या र उमेर हद राख्ने कि नराख्ने जस्ता प्रश्नावली राखिएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकमा उमेर हदबारे छलफल हुँदा नराख्नेमा नेताहरूको बहुमत भएको थियो । सो पार्टीले माघमा विधान सम्मेलन गर्दैछ ।