सर्लाहीबाट विभिन्न पार्टी परित्याग गरि ९५ जना नेकपामा प्रवेश

बुधबार, ११ पौस २०८०

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले १३१ औं माओ दिवस तथा “पार्टी संगठनलाई सुदृढ र विस्तार गरौं, राज्य षड्यन्त्रको भन्डाफोर गरौं” भन्ने मूल नारासहित दुई महिने अभियान उद्घाटन कार्यक्रम इश्वरपुर नगरपालिका वडा नम्बर १५ सुक्नाहामा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कमल सीले सम्बोधन गर्दै राज्यको षड्यन्त्र, पक्राउ पुर्जी,एनसेल काण्ड, मिटर ब्याजी, लघुवित्त र जिल्लामा भएको भ्रष्टाचारको डटेर प्रतिवाद तथा भन्डाफोर गर्ने बताए ।

साथै १३१ औं माओ दिवस तथा दुई महिने अभियान उद्घाटनका क्रममा विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा ९५ जना प्रवेश गरेका थिए । कार्यक्रममा विभिन्न महिला समूहबाट पनि पार्टी प्रवेश भएको थियो । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथिले टिका अबिर लगाइ स्वागत गरेका थिए । यसरी पार्टी प्रवेश गर्नेहरुको नाम यसप्रकार छ-
१. सुदामा ठाकुर
२. मिना चौधरी
३. किशोरी हुजेदार
४. कौसलिया चौधरी
५. सीता देवी चौधरी
६. जानकी चौधरी
७. अनिता चौधरी
८. आसा धामी
९. कल्यानी चौधरी
१०. फुल परी दास
११. रमिला चौधरी
१२. सुथरी धामी
१३. संजन धामी
१४. प्रतिमा धामी
१५. लालपरी धामी
१६. रादुलारी धामी
१७. सुनैना धामी

१८. छ्टिया धामी, १९. शारदा धामी, २०. शिवा धामी, २१. कविता पजियार, २२. विमला चौधरी, २३. निसोहरी चौधरी,२४. सुमित्रा ठाकुर, २५ सहित ९५ जना नेकपामा प्रवेश गरेका हुन्।

कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरु अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य रमेश सी, जिल्ला सदस्यहरु रवि सी, प्रमिला सी, रामप्रसाद सी, दिनेश सी सोभित सी, विश्वस्वर सी, कमल माया सी रहेका छन् ।
स्वागत मन्तव्य सुधना सी र कार्यक्रमको संचालन रवि सीले गरेका थिए ।