१५ औँ वार्षिक उत्सवको अवसरमा इसेवाका १५ अफर, अफरलाई यसरी गर्न सकिन्छ प्रयोग

बिहिबार, ११ माघ २०८०

काठमाडौं – इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको छ । अफर अन्तरगत इसेवा मार्फत कुनैपनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् । यो अफर माघ ११ (जनवरी २५) देखि माघ २५ (फेब्रुअरी ८) सञ्चालनमा रहने इसेवाले जनाएको छ ।

एयरलाइन्स् टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५ मा आन्तरिक हवाई टिकट पाउन सक्ने, इसेवा केयर खरिद गर्ने मध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउने, होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिने, मोबाईल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले रू १५० सम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले रू ५ हजारसम्मको क्यासब्याक पाउन इसेवाले सार्वजनिक गरेको अफरमा उल्लेख छ ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।