माओवादीसँग मिलेर कांग्रेसले जनतालाई धोका दियोः महासचिव पोखरेल
काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले सधैं यथास्थितिको पक्षधर भएर जनतालाई धोका दिएको आरोप लगाएका छन् । बुधबार बुटवलमा नेकपा एमालेले आयोजना गरेको प्रशिक्षणमा बोल्दै नेता पोखरेलले कांग्रेसले आन्दोलनलाई संस्थागत गर्ने बेला जहिल्यै धोका दिएको बताए ।
साथै, वर्तमान सत्तारुढ गठबन्धन दलहरु सत्ता टिकाउने खेलमा मात्रै व्यस्त भएको उनको दाबी छ । चुनावअघि गरिने गठबन्धनले देशलाई बन्धक बनाएको उनले बताए । महासचिव पोखरेलले गठबन्धनका कारण जनताबाट तिरस्कृत दल र नेताहरुले जित्ने गरेको र त्यसले कसैलाई पनि फाइदा नपुर्याउने बताए ।
आगामी २०८४ सालको आम निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी पार्टीको काममा लाग्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।