राइटपाथले जित्यो ‘एडभोय एक्सेलेन्स अवार्ड’

आइतबार, २८ माघ २०८०

काठमाडौं – नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श दिन स्थापना भएको राइटपाथ करिअर काउन्सिलिङले ‘एडभोय एक्सेलेन्स अवार्ड’ जित्न सफल भएको छ । शनिबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहका बिच राइपाथले अवार्ड जित्न सफल भएको हो ।

एडभोयले आफ्नो नेटवर्कमार्फत विद्यार्थी सिफासिर गर्ने शैक्षिक कन्सल्टेन्सीलाई हरेक वर्ष अवार्ड प्रदान गर्ने गरेको छ । राइटपाथले नेपालबाट एडभोयमार्फत नेपाली विद्यार्थीलाई विश्वका विभिन्न देशमा विद्यार्थी सिफारिस गरेर प्रतिष्ठित ‘डायमण्ड अवार्ड’ हात पारेको हो ।

यो बर्षको अवार्ड राइटपाथले प्राप्त गरेर अन्तराष्ट्रिय स्थरमा नेपालका शैक्षिक कन्सल्टेन्सीले पनि राम्रो काम गर्न सक्छन् भन्ने उदाहरण पेस गरेको छ । राइटपाथका सिईओ फिलिप डिसीले अवार्ड प्राप्त गरेकामा सामाजिक संजाल फेसबुकमार्फत खुशी साँटेका छन् ।