बिग एजुकेशन कन्सल्टेन्सीको “बिग एजुकेशन फेयर” सम्पन्न, विद्यार्थीहरुको उत्साहजनक सहभागिता
काठमाडौं – बिग एजुकेशन कन्सल्टेन्सीको “बिग एजुकेशन फेयर” सम्पन्न भएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित बिग एजुकेशनको कार्यालयमा बेलायत र अमेरिका अध्ययन सम्बन्धि एजुकेशन फेयर सम्पन्न भएको हो ।
‘बेलायत र अमेरिका अध्यययनका लागि जान चाहने विद्यार्थीहरुले त्यहाँको शैक्षिक वातावरण, फी स्टकचर, शैक्षिक गुणस्तर, भिसा प्रोसेसिङ्गका साथै स्कलरसिपको बारेका विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटेर आफ्नो जिज्ञासा मेटाएको बिग एजुकेशनका फाउण्डर सिईओ सुरज केसीले बताए ।
केसीले भने, ‘फेयरमा बेलायत र अमेरिकाका शैक्षिक संस्थाका प्रतिनिधिहरुले विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिएर क्लियर बनाएका छन् । सुरुमा बेलायत र अमेरिकाको शैक्षिक वातावरण विश्वविद्यालयको अबस्थाको विषयमा जुन अकर्मण्यता थियो यो फेयरले क्लियर गरिदिएको सहभागी विद्यार्थीहरुको प्रतिक्रिया छ।’
केसीले आफ्नो टिमले जुन स्तरबाट सोचेको थियो त्यो भन्दा कयौगुणा राम्रो गर्न सफल भएको बताउँदै सहभागी सम्पूर्ण विद्यार्थी अभिभावक र युनिभर्सिटिका प्रतिनिधिहरुलाई धन्यवाद दिए। फेयरमा बेलायतका युनिभर्सिटी अफ द वेस्ट अफ लण्डन, क्याटबरी च्यारिट चर्चा युनिभर्सिटी, बिपिपि युनिभर्सिटी लगायतका विश्वविद्यालयका प्रतिनिधिको सहभागीता रहेको थियो।
त्यस्तै फेयरमा अमेरिकाका एभिल्ला युनिभर्सिटी, ट्राईन युनिभर्सिटी, मिजोरी साउथर्न स्टेट यूनिवर्सिटी, स्टेनटन युनिभर्सिटी, वेबस्टर युनिभर्सिटीका प्रतिनिधिहरुले आ(आफ्नो युनिभर्सिटीमा पढाइ हुने बिषय, सैक्षिक वातावरण, स्क्लरसिप र अन्य विषयमा परामर्श दिएका थिए। बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म चलेको फेयरमा ५०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।
