काँग्रेस महासमिति बैठकमा पेस हुन लागेको यस्तो प्रस्तावले गठबन्धन धरापमा
काठमाडौँ – नेपाली कांग्रेस महासमिति बैठकमा २०८४ सालको आम निर्वाचनमा गठबन्धन नगर्ने प्रस्तावले वर्तमान गठबन्धन धरापमा पर्ने संकेत देखिएको छ। मंगलबार बन्द सत्र आज बिहान ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको बन्द सत्रमा महामन्त्रीको दस्ताबेजमै २०८४ सालको आम निर्वाचनमा गठबन्धन नगर्ने उल्लेख गरी पेस हुने भएपछी वर्तमान गठबन्धन धरापमा पर्ने भएको हो।
बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
महामन्त्री थापाको साङ्गठनिक प्रतिवेदनमा सोमबार राति बल्ल सहमति जुटेको थियो ।सोमबार अपराह्नदेखि निवास बुढानीलकण्ठमा करिब ५ घण्टा पदाधिकारी र पूर्वपदाधिकारीबिच छलफल भएको थियो। थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत भएपछि सांठनिक प्रतिवेदन टुङ्गिएको हो।