काम माग्दा तलव खाउ घरमै टिकटक चलाउ बस भनेपछि बालेनबिरुद्ध खनिइन् एक अधिकृत

बुधबार, १६ फाल्गुन २०८०

काठमाडौं – काठमाडौं महानगरपालिकाकी वरिष्ठ कानुन अधिकृत हरिमाया घिमिरे (सस्मिता)ले मेयर बालेन्द्र शाह बालेनविरुद्ध कानुनी र पेसागत लडाइँ लड्ने घोषणा गरेकी छन् ।

घिमिरेले सामाजिक संजाल फेसबुक मार्फत  काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफुले जिम्वेवारी अनुसारको काम दिन आग्रह गर्दा तलव खाएर घरमै टिकटक चलाएर बस्न भनेको आरोप लगाउँदै बालेनविरुद्ध कानुनी र पेसागत लडाइँ लड्ने घोषणा गरेकी हुन्।

मेयर शाहले अनावश्यक टर्चर दिएको र बिनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै उनले कानुनी र पेसागत लडाइँ सुरु भएको घोषणा सामाजिक सञ्जाल मार्फत घोषणा गरेकी गरेकी छन्।

उनले बिनाकारण आफूलाई जिम्मेवारीविहीन बनाएर राखिएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको आरोप लगाएकी छन् ।

घिमिरेले आफू क्यान्सर सर्भाइभर रहेको र लोक सेवा पास गरेको राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर करार कर्मचारीमा अनियमित ढंगले पैसा खर्च गरेको आरोप पनि लगाएकी छन् ।

उनले आफूलाई जिम्मेवारी अनुसारको काम दिन आग्रह गर्दा तलब खाएर टिकटक चलाएर बस्न भनिएको आरोप पनि लगाएकी छन् । आरोपबारे मेयर बालेनका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।