उत्तर सल्यान जिल्लाले सुरु गर्यो पालिकास्तरिय विचार अन्तरक्रिया
सल्यान – नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानले जिल्ला भित्रका पालिकाहरुमा विचार अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ। पार्टीको केन्द्रीय कार्यक्रम अन्तरगत उत्तर सल्यानले दार्मा गाउँपालिकाबाट अन्तरक्रिया सुरु गरेको हो।
सो क्रममा फागुन १८ गते दार्माको केन्द्र फारुला बजारमा ‘बर्तमान राष्ट्रिय संकट र अबको निकास’ विषयमा बृहत् अन्तरक्रिया सम्पन्न भएको छ। फारुला बजारमा भएको सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा सल्यानका अगुवा कम्युनिस्ट नेता आधार सीले, देश अहिले चारैतिरबाट संकटमा परेर अघि बढने कि पछि हटने भन्ने महत्त्वपूर्ण बिन्दुमा आई पुगेको बताए ।
पछि हटने छुट कसैलाई नभएको भन्दै उनले भने, ‘अब राष्ट्र र जनतालाई हितमा राखेर अघि बढनु नै अग्रगामी कुरा हो। अहिलेको अग्रगामी कुरा भन्नु नै नेपाली विशेषताको समाजवाद हो ।’
अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज भीमसेन सीले बर्तमान राष्ट्रिय संकट र अबको निकास बिषयमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । सातखण्डमा बिभाजित सो कार्यपत्रमा विभिन्न बुद्धिजीवी, राजनीतिकर्मी, बिश्लेशक, पत्रकार, समाजसेवी र शिक्षकहरुले टिप्पणी गरेका थिए ।
प्रस्तुत कार्यपत्रमा मुख्य टिप्पणीकारको रुपमा सल्यानका चर्चित पत्रकार तथा समाजसेवी, रेडियो तहल्काका संचालक डिल्ली राज रावतले टिप्पणी गरेका थिए । प्रस्तुत कार्यपत्रमा जिल्ला समन्वय समिति सल्यानका उप–प्रमुख असविर बुढाथोकी, नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश सदस्य अनन्त प्रसाद शर्मा ुबिन्दु गौतमु, नेपाली काँग्रेस सल्यान जिल्ला कार्य समितिका पूर्वसचिव, काँग्रेस नेता रामचन्द्र केसी, नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेश सदस्य कमरेड दल बहादुर दाहाल, नेपाल राष्ट्रिय मावि ढाकाडामकोटका प्रधान अध्यापक प्रताप चन्द, नेपाली काँग्रेसका नेता रमेश शर्मा लगायतले टिप्पणी गरेका थिए ।
अन्तरक्रियामा पार्टीका जिल्ला सचिव मदन सीको अध्यक्षतामा, वरिष्ठ सदस्य कमरेड मेसी सीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थितहरुलाई जिल्ला सदस्य मोहन पुरुष सीले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए ।
कार्यक्रममा अखिल (समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्र सी र अनिल सी, जनज्योति मावि फारुलाका प्रधान अध्यापक मीनराज वली, फारुला बहुमुखी क्याम्पसका प्रमुख दीपक शर्मा, नेकपा (माओवादी केन्द्र) का दार्मा गाउँपालिका इन्चार्ज टोपेन्द्र मल्ल लगायत अतिथिहरु रहेका थिए ।