अब माछापुछ्रे बैंकको असफल कारोबारलाई मोवाईल बैंकिङ्ग एप र वेबसाईट मार्फत रिर्पोट गर्न सकिने 

आइतबार, २० फाल्गुन २०८०

काठमाडौँ – अबदेखि माछापुछ्रे बैंकको असफल कारोबारलाई मोवाईल बैंकिङ्ग एप र वेबसाईट मार्फत बैंकमा रिर्पोट गर्न सकिने भएको छ।

बिहिबार  बैंकले प्रेस विज्ञप्ती जारी गर्दै डिजिटल माध्यमबाट भएका कुनैपनि असफल कारोबारको मोवाईल बैंकिङ्ग एप र वेबसाईट मार्फत बैंकमा रिर्पोट गर्न सकिने बताएको हो।

डिजिटल कारोवारमा आधुनिक प्रविधी भित्र्याई सो को प्रवर्धन, सम्बर्धन तथा कार्यान्वय गर्ने बैंकमध्येमा अग्रस्थानमा रही आएको माछापुछ्रे बैंक लिमिटेडले दिनानुदिन डिजिटल कारोबार संख्या वृद्धि हुंदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उदेश्यले उक्त सुबिधा दिएको बैंकको दाबी छ।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “माछापुछ्रे बैंक लिमिटेडले डिजिटल माध्यमबाट भएका कारोबार मध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोवाईल बैंकिङ्ग एपरवेबसाईट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको छ । जस अन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेकोछ भन्ने कुराको अपडेट हेर्न सकिन्छ ।

साथै असफल कारोबारको समस्या समाधान पश्चात रकम फिर्ता भएकोे जानकारी मेसेज र ईमेलबाट ग्राहकलाई गराईन्छ ।
विज्ञान र प्रविधिका अनेकन आयामहरुलाई प्रयोगमा ल्याई आफुलाई स्मार्ट बैंकको रुपमा परिचित गराईरहेको माछापुछ्रे बैंकले असफल डिजिटल कारोबारहरु बैंकसम्म नआईकनै जहाँकही बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको हो । यस अन्तर्गत ग्राहकले आफ्नो मोवाईल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्नेछन् ।

यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रक्रिया अगाडी बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्वन्धित रकम आफै फिर्ता गर्नेछ ।
स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरु प्रदान गर्दै आएको र विभिन्न डिजटिल बैंकिङ्ग सेवा सुविधाहरु प्राप्त गर्न बैंकको कार्यालय सम्म पुग्नै नपर्ने गरी सेवा समेत प्रदान गरिरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।