सफलताको १५औं बर्षमा प्राञ्जल एजुकेशन

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं – प्राञ्जल एजुकेशन कन्सल्टेन्सीको चौधौं वार्षिकोत्सवको सम्पन्न भएको हो । मंगलबार काठमाडौंको पुतलिसडकस्थित प्राञ्जलको कार्यालयमा चौध बर्ष पुरा भएर पन्धौं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

वार्षिकोत्सवमा करिव दुईसयभन्दा बढी शुभ चिन्तकहरुले उपस्थिति जनाएर शुभकामना दिएका थिए । प्राञ्जल एजुकेशन कन्सल्टेन्सी विगत चौध वर्ष देखि संचालनमा रहि विदेश पढ्न  जानचाहने नेपाली विद्यार्थीलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूके लगायतका देशमा अध्ययनका लागि परामर्श दिने गरेको छ ।

चौधौं वार्षिकोत्सवमा आफूलाई शुभकामना दिने उपस्थित भएकोमा आफन्त तथा शुभःचिन्तकहरुलाई प्राञ्जलका संचालक बासुदेव दाहालले धन्यवाद दिएका छन् । दाहालले कार्यालयमा आएर आफूलाई झन हौसला प्रधान गरेकोमा धन्यवाद दिदै आभार व्यक्त गरे ।