नयाँ गठबन्धनलाई गगन थापाको श्राप: यो सरकार फतक्क कुहिएर झर्छ
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार आफ्नै भारीले थिचिएर समाप्त हुने बताएका छन्।
बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडिओ मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, “यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिंड्न पनि सक्दैन। आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ।”