अनेमसंघ क्रान्तिकारीले भव्य रुपमा मनायो ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
काठमाडौं – अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले विभिन्न कार्यक्रम गर्दै ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । दिवसका क्रममा बिहीबार अनेमसंघ क्रान्तिकारी, उपत्यका ब्युरोले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन श्रमिक महिला दिवस मनाउने गरिन्छ । महिलामुक्तिका आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
सोही दिनलाई स्मरणमा अनेमसंघ क्रान्तिकारी उपत्यका ब्युरोले पुतली सडकस्थित कान्तिपुर सिटी कलेजमा एक कार्यक्रमको आयोजना गरि मनाएको हो । कार्यक्रममा नेकपाका स्थायी समितिका सदस्य सन्तोष सीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नेकपा पिबिएम कृति सी, खुमा सी, अनेमसंघ क्रान्तिकारीका केन्द्रीय महासचिव राजकुरमारी सी, जनसांस्कृतिक महासङ्घका केन्द्रीय महासचिव कुशल सी, नेवा मोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र सी, लगाएत नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता बिनिता सीले गरेकी थिइन् भने सञ्चालन करिस्मा सीले गरेकी थिइन् ।
