यस्तो ठाउँमा भेटिइन् धनगढीका मेयर हमालकी हराएकी छोरी

बुधबार, १४ चैत्र २०८०

धनगढी – धनगढी उपमहानगरका मेयर गोपाल हमालको हराएकी छोरी फेला पेरेकी छन् । मंगलबार बेलुका हराएकी हमालकी जेठी छोरी भारतको गोवामा फेला परेकी हुन् ।

सकुशल फेला परेकी उनको स्वास्थ्यमा भने केही समस्या देखिएको छ । ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु ।’, हमालले सामाजिक संजालमा लेखेका छन्, ‘खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु ।’

साथै उनले मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँसंगै बसेको समेत जानकारी दिएका छन् । मेयर हमालले हिजो मङ्गलबार सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्नो जेठो छोरी खोजी गरिदिन अनुरोध गरेका थिए ।

हमालका अनुसार उनको छोरी आरती हमाल ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् । उनी सोमबारदेखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको बताइएको थियो ।