युवा संगठन नेपालको ५ औं राष्ट्रिय सम्मेलनको बन्दसत्र धनगढीमा सुरु

आइतबार, २५ चैत्र २०८०

धनागढी – नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको ५ औं राष्ट्रिय सम्मेलनको बन्दसत्र दिउँसो १ बजे सुरुहुने सङठनले जनाएको छ । सनिबार कैलालिको धनगडीमा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको सम्मेलनको बन्दसत्र १ बजे सुरु गर्न लागिएको संगठनले जनाएको हो।

आज बिहान बसेको आयोजक समितिको बैंककले सम्मेलनको बन्दसत्र दिउँसो १ बजेबाट सुरु गर्ने निर्णय गरेको संगठनका संयोजक पाटन सीले बताए।

पाटन सीका अनुसार आज संगठनको बिधान प्रतिवेदन प्रस्तुत गरिनुका साथै प्रतिवेदनमाथि समुहगत छलफलका लागि ग्रुप बिभाजन हुने छ।
नेपालमा बड्दै गएको साम्राज्यवादी हस्तक्षेप, राष्ट्र राष्ट्रियता, र जनजिविकाका सवालहरु पेचिलो बन्दै गएको बेला भारतिय सिमाना नजिक सम्पन्न हुँदै गरेको युवाहरुको सम्मेलनलाइ अर्थपुर्ण रुपले हेरिएको छ।

उक्त संगठनले एमसीसी, कालोबजारी, भ्रस्टाचार, बैंक तथा वित्तिय सस्थाहरुको ठगी बिरुद्ध ससक्त प्रतिरोध गर्दै आएको छ।
सनिबार उद्घाटन भएको सम्मेलन चैत २८ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

सम्मेलनमा देशै भरबाट प्रतिनिधि र प्रवेक्षक गरि ३ सय भन्दाढी युवाहरुको सहभागिता रहेको छ भने उद्घाटनमा १० औं हजार युवाहरुले मार्च पास गरेका थिए।