प्रचण्ड र ओलीबीच सिंहदरबारमा भैरहेको गोप्य वार्तामा अकास्मात रवि घुसेपछि…………

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि मिसिएका छन् ।

अहिले सिंहदरबारमा प्रचण्ड, ओली र लामिछानेबीच छलफल चलिरहेको छ । गठबन्धनमा असन्तुष्टि बढेपछि झापाबाट काठमाडौं ओर्लनबित्तिकै सिंहदरबारमा पुगेका थिए ।

गठबन्धनमा असन्तुष्ट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनमा असन्तुष्टि जनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेका थिए ।