फ्लोअफ : सानिमा बैंकको सिस्टमबाट गायव भएको पैसाको श्रोत भेटियो

आइतबार, ९ बैशाख २०८१

काठमाडौँ – यो पंतिकार सानिमा बैंकको साधारण शेयर धनीसमेत हो । सानिमा बैंक लगायत अन्य बैक तथा वित्तीय संस्थाहरुसँग सार्वजनिक सरोकारका विषयका सूचना माग गरी ति सूचनाहरुको अध्ययन गर्ने गरेको करिव सात वर्ष वितेछ । वित्तीय संस्थाहरुका प्राप्त विवरणहरु अध्ययन गर्दा वित्तीय संस्थाहरुको केहि कमी कमजोरीहरु देखिने गरेका छन् । वित्तीय संसथाहरुको कमजोरीहरु औल्याईदिँदा वित्तीय संस्थाहरुले कृतज्ञता प्रकट गर्दै भएका कमजोरी के कसरी भए र आगामी दिनहरुमा त्यस्तो कमजोरी नदोहोराउने प्रतिवद्धता गरिरहदा सानिमा बैंकले भने आफ्ना कमजोरीलाई स्वीकार गर्ने र ति कमजोरीहरुलाई आगामी दिनहरुमा नदोहोराउने तिर ध्यान नदिई उल्टै एकपछि अर्को गल्तिहरु गर्दै आएको देखिन्छ ।

हामीले गल्ती गरेको भए नेपाल राष्ट्र बैकले कारवाहि गरी हाल्थ्यो र लेखा परीक्षकले गरेको लेखापरीक्षण पनि कहि गल्ती हुन सक्छ ? भनि आफ्नो कमजोरी लुकाउँदै सिष्टम भन्दा बाहिर गई अर्बौं रकम अपचलन गरेको सानिमा बैकले उपलब्ध गराएका विवरणहरुले प्रमाणित गरेको देखिन्छ । गणितको सिद्धान्तले प्रमाणित गरेको के हो भने, २ र २ जोड्दा ४ हुन्छ । सानिमा बैकका विवरणहरु हेर्दा ५ वा तीन भएको देखिएको छ । आफू अनुकुल ३ वा ५ देखाएर आफूलाई अब्बल भन्न भने छुटाएको छैन । सानिमा बैकको हिसावमा २ र २ जोड्दा किन ३ वा ५ भयो भनि प्रश्न गर्दा एक त बैंक प्रश्न नै सुन्न तयार छैन, सुनी हाले पनि सामान्य जवाफ दिई समस्याबाट भागिरहेको देखिन्छ । बैंकको एउटै भनाई,  ‘हुन्छ, ३ वा ५ भएको छैन यदि भएको भए राष्ट्र बैंकले कारवाहि गरी हाल्थ्यो नि ?’

तर बैकको जवाफसँग सहमती हुन नसकिने प्रमाण बैंकका आर्थिक विवरणहरुले देखाई रहेका हुन्छन् । नेपाल राष्ट्र बैंकका कर्मचारीहरु पनि दुधले धोएका छैनन् र उनीहरु सम्पूर्ण रुपले पूर्ण छैनन् । मैले उठाएका विषयमा गहिरिएर अध्ययन गर्ने नेपाल राष्ट्र बैकलाई फुर्सद नै छैन । बैंकले जे विवरण उपलब्ध गराएको हुन्छ सोहि विरणहरुलाई नेपाल राष्ट्र बैंक अन्तिम सत्य ठानी बैंकहरुको विषयमा कुनै चासो लिएमा लिखित रुपमै नेपाल राष्ट्र बैंकले बैंकहरुको कुनै गल्ती छैन भनि जवाफ दिई झन्झटबाट भागी हाल्ने कर्मचारीहरुको बानी छ । यसको उदाहरणको रुपमा मलाई सिधै फेस गर्न नसकेर राष्ट्र बैंका गभर्नर महाप्रसाद अधिकारी, कार्यकारी निर्देशक गुणकर भट्ट, सूचना अधिकारी देव कुमार ढकालले मेरो मोवाइल नम्वर नै ब्लक गरेका छन् ।

राष्ट्र बैकले नै विश्वास गरेको सानिमा बैकले के कसरी ५ महिनासम्म २ अर्व ५५ करोडको हिसाव आफूखुसी देखाई सिष्टमबाट करीव १४ करोड ब्याज रकम अपचलन गर्यो भन्ने तथ्यलाई निकै सरल रुपमा बुझाउने कोसिस गरिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७५, अशोज, पुष, चैत्र र २०७६ असारमा “क” वर्गका वित्तीय संस्थाहरुले आफ्नो कुल कर्जा लगानीको १० प्रतिशत कृषिमा र १५ प्रतिशत उत्पादनशिल क्षेत्रका अन्य क्षेत्रमा अनिवार्य कर्जा प्रवाह गर्नु पर्ने थियो । यदि कर्जा प्रवाह नगरेमा नेपाल राष्ट्र बैकले बैंकहरुबाट जरिबना असुल गर्ने नीतिगत व्यवस्था भएकोले बैंकहरुलाई उल्लेखित क्षेत्रमा कर्जा पुर्याउन निकै चुनौती थियो । सोहि निर्देशन अनुसार २०७६ असार र असाेजमा तत्कालिन नेपाल बंगलादेश बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट कृषिमा १० प्रतिशत कर्जा प्रवाह नगरेकोले क्रमश: ४ करोड र ५७ लाख रुपैयाँ जरिबाना स्वरुप नेपाल राष्ट्र बैंकले असुल गरिसकेको छ । सो को विवरण नेपाल राष्ट्र बैंकको वेवसाइटमा अहिले पनि हेर्न सकिन्छ ।

उल्लेखित क्षेत्रमा कर्जा प्रवाह गर्न सजिलो होस् भन्ने हेतुले नेपाल राष्ट्र बैंक इ.प्रा. निेर्देशन नं २/२०७५ को बुँदा नं. १२ मा वित्तीय संस्थाहरु बिच एक आपसमा कर्जा खरीद/बिक्री गर्न पाउने सेवा/सुबिधा पनि दिएको थियो । सोहि बुँदाले दिएको अधिकार उपभोग गर्ने क्रममा सानिमा बैकले नेपाल राष्ट्र बैकलाई नै गुमराहमा राखि २ अर्व ५५  करोडको कर्जा ५ महिनासम्म लुकाई करीव १४ करोड ब्याज अपचलन गरेको देखिन्छ । १२ नं. बुँदामा उल्लेख गरिएको अधिकार उपभोग गर्ने बैकले १२ को २ को “ग” मा भएको निर्देशनलाई वास्ता नै नगरी धेरे जान्ने भएर लिखित रुपमै बैंकले जे पायो त्यही लेखेर दिएको छ । १२ को २ “ग” ले आर्थिक वर्षको अन्तिम महिनामा कुनै पनि कर्जा खरीद/बिक्री गर्न पाईने छैन भनेको छ । बैकले दिएको सूचनामा भनेको छ, ‘आर्थिक वर्ष २०७५/२०७६ को पुस महिनादेखि असारसम्म रु. २ अर्व ५५ करोडको कर्जा खरीद/बिक्री गरेको । बैंकले पुसदेखि जेठसम्म खरीद/बिक्री गरेको भन्नु पर्ने तर आफूलाई निकै स्मार्ट देखाउन असारसम्म भनि मुद्दाबाट विलकुल बाहिर जाने प्रयास गरेको थियो तर मेरो अध्ययनले बैकको कमजोरी समाईहाल्यो ।

सानिमा बैंकबाट हरायो २ अर्व १२ करोड, अध्यक्षले चोरेको आशङ्का

सूचनाको गहिराईंमा गई बैकले कुन महिनामा के कति कर्जा खरीद/बिक्री गर्यो भनि पुनः माग गरेको सूचनामा बैकले भनेको छ, ‘२०७५ पुसमा २ अर्व ५५ करोडको कृषि कर्जा कृषि विकास बैंकबाट खरिद गरेको र २ अर्व ५५ करोडकै उर्जा शिर्षकको कर्जा कृषि विकास बैंकलाई बिक्री गरेको ।’ बैक यहि निर चुक्यो । मैले फेरी पनि यो तथ्यलाई दोहोराएको छु, सानिमा बैंकले कृषि विकास बैंकबाट २०७५ पुस महिनामा कृषि शिर्षकमा रु. २ अर्व ५५ करोडको कर्जा खरिद गरेको र २ अर्व ५५ करोडको उर्जा शिर्षकको कर्जा कृषि विकास बैकलाई बिक्री गरेको । बैकले लेखेरै उपलब्ध गराएको सूचनालाई अव विश्वास नगर्ने भन्ने प्रश्न नै हुदैन ।

सानिमा बैकले कृषि विकास बैंकबाट पुस महिनामा रु. २ अर्व ५५ करोडको कृषी कर्जा खरिद गरीएको दाबी गरे जस्तै कृषि विकास बैंकले २०७६ जेठमा मात्र सानिमा बैंकसँग कृषि शीर्षकको २ अर्व ५५ करोडको कर्जा बिक्री गरेको र सोही मूल्य बराबरको उर्जा कर्जा खरिद गरेको भनि लिखित रुपममै दाबी गरिरहेको छ । यहाँ निर दुबै बैकको दाबी मध्ये कृषि विकास बैकले गरेको दाबीलाई विश्वास मान्ने आधार देखिन्छ भने सानिमा बैकको दाबीमा विश्वास गर्ने आधार देखिदैन । अन्य कही कतै विग्रेको हिसाव मिलान गर्नको लागि सानिमा बैकले आधार बिना नै २ अर्व ५५ करोडको हिसाव तलमाथि पारी करिव १४ करोड ब्याज हिनामिना गरेको देखिन्छ । बैकले ब्याज कसरी हिना मिना गर्यो त ? सो तथ्य बुझ्नको लागि तलको तालिका हेर्न सकिन्छ । सानिमा बैक जस्तै कृषि विकास बैकसँग पनि सूचना माग गरएको थियो । दुवै बैंकले उपलब्ध गराएका  विवरणको आधारमा सानिमा बैकले गरेको दाबी तुलत्मक रुपमा यसरी झूठो प्रमाणित हुन्छ ।

सानिमा बैंकले उपलब्ध गराएको विवराणको आधारमा तयार पारीएको तालिका ( रु. दश लाखमा)

माथिको तालिका अनुसार कृषि विकास बैंकले जेठ महिनामा सानिमा बैंकलाई रु. २ अर्व ५५ करोडको कृषि शिर्षक कर्जा बिक्री गरेको र २ अर्व ५५ करोडकै उर्जा कर्जा खरिद गरेको दाबी गरेको छ । कृषि विकास बैकंको दाबीलाई माथिको तालिकाले प्रमाणित गरेको छ । माथिको तालिकामा कृषि विकास बैकले उपलब्ध गराएको विवरणको आधारमा तयार पारीएको हो । तालिकामा देखाए जस्तो २०७५ मंसिरको अन्तिममा कृषि विकास बैंकको कृषि शीर्षकमा जम्मा रु. २८४०६.७१(रु. दश लाखमा) कर्जा देखिन्छ । त्यस्तै पुस महिनाको अन्तिममा कृषि शीर्षकमा रु. २८०८८.८२(रु. दश लाखमा) देखिन्छ । मंसिरको तुलनामा पुसमा जम्मा रु. ३१७.८९(रु. दश लाखमा) ले मात्र कर्जा बढेको देखिन्छ । यो भनेको ३१ करोड ७८ लाख कर्जा हो । यदि कृषि विकास बैकले सानिमा बैकलाई रु. २ अर्व ५५ करोडको कृषि कर्जा बिक्री गरेको भए कृषि विकास बैकको कृषि शिर्षकमा करिव रु .२ अर्व ५५ करोडले कमी आउनु पर्ने हो तर पुसमा कृषि विकास बैकको जम्मा रु. ३१ करोड ७८ लाखले कर्जा बढेको देखिन्छ । २ अर्व ५५ करोडले कर्जा घट्नु पर्नेमा कर्जा रु. ३१ करोड ७८ लाखले बढेकोले कृषि विकास बैकले कुनै पनि कृषि कर्जा सानिमा बैंकलाई बिक्री गरेको देखिदैन ।

त्यस्तै मंसिर महिनामा कृषि विकास बैकको उर्जा शीर्षकको कर्जा रु. ३४७.९९(रु. दश लाखमा)  मात्र देखिन्छ । ३४७.९९ कर्जा पुस महिनाको अन्तिममा आई पुग्दा रु. ३४७.९४(रु. दश लाखमा) भएको देखिन्छ । मंसिरको तुलनामा पुस महिनामा कृषि विकास बैकको कर्जा रु. ०.०५(रु. दश लाखमा) ले कर्जा घटेको देखिन्छ । यदि कृषि विकास बैकले सानिमा बैकंबाट रु. २ अर्व ५५ करोडको उर्जा कर्जा किनेको हो भने पुस महिनामा कृषि विकास बैंकको उर्जा शीर्षकमा न्यूनतम २ अर्व ५५ करोडले कर्जा बढेको देखिनु पर्ने किन पुस महिनामा कृषि विकास बैंकको कर्जा कर्जा रु. ०.०५ ले घटेको देखियो ? यसको अर्थ कृषि विकास बैंकले सानिमा बैकबाट पुस महिनामा उर्जा शीर्षकमा कुनै पनि कर्जा खरिद गरेको र सानिमा बैकले बिक्री गरेको देखिदैन ।

सानिमा बैंकका अध्यक्षलाई कारवाही गर्न माग गर्दै सञ्चय कोषमा पर्यो उजुरी

कृृषि विकास बैकले दाबि गरे अनुसार जेठ महिनामा भने कृषि विकास बैंकको कृषि र उर्जा कर्जा शीर्षकमा भएको परिवर्तनले कृषि विकास बैंकले कर्जा जेठ महिनामा खरिद बिक्री गरेको दाबि प्रमाणित भएको देखिन्छ । कृषि विकास बैंकको २०७६ बैशाख महिनामा कृषि शीर्षकमा जम्मा कर्जा रु. २९२०७.८९(रु. दश लाखमा) देखिन्छ भने जेठ महिनामा कृषिमा जम्मा कर्जा रु. २२६२०.६३(रु. दश लाखमा) देखिन्छ । बैशाखको तुलनामा जेठ महिनामा बैकको कर्जा रु. ६५८७.२६(रु. दश लाख) ले घटेको देखिन्छ । कृषि विकास बैंकले जेठ महिनामा सानिमा बैंकलाई रु. २ अर्व ५५ करोड र प्राईम बैंकलाई रु. ३ अर्व ५० करोडको कृषि कर्जा बिक्री गरेको र सोहि मूल्य बराबरको उर्जा कर्जा सानिमा बैंक र प्राईम बैंकबाट खरिद/बिक्री गरेको भनि गरेको दाबि अनुसार सानिमा बैंकलाई बेचेको रु. २ अर्व ५५ करोडले कमी आएसँगै ३ अर्व ५० करोडको प्राइमसँगको कर्जा बिक्री गरेकोले कृषि विकास बैंकको कृषि शीर्षकको कर्जा रु. ६५८७.२६( रु ६ अर्व ५८ करोड ७२ लाख) ले घटेको देखिन्छ । कृषि विकास बैकको कृषि शीर्षकमा रु. ६५८७.२६ ले घटे जस्तै जेठ महिनामा कृषि विकास बैंकको उर्जा शीर्षकमा कर्जा रु. ६०८९.४४ ले बढेको देखिन्छ । यो भनेको ६ अर्व ८९ लाख हो । यसरी कृषि विकास बैंकको कृषिमा कर्जा घटेको मूल्य बराबरको कर्जा उर्जा शीर्षकमा बढेकोले कृषि विकास बैंकको दाबिलाई गणितीय हिसावले बैंकको हिसाव ठीक भएको प्रमाणित हुन्छ भने गणितीय हिसावले सानिमा बैकले गरेको दाबीलाई कर्जा थप-घटको तथ्यले गलत भनि प्रमाणित गरेको देखिन्छ ।

कर्जा रकम र उल्लेख मितिलाई अध्ययन गर्दा कृषि विकास बैंकले गरेको दाबि प्रमाणित भए जस्तो सानिमा बैकले उपलब्ध गराएका कर्जा रकमको विवरण र उल्लेख गरेको मितिको समयले सानिमा बैकले गरेको दाबिलाई प्रमाणित गर्ने बलियो आधार देखिएको छैन । कृषि विकास बैंकको जस्तै सानिमा बैकले दाबि गरेको पुस महिनामा कृषि शीर्षकमा बैंकको जम्मा कर्जा रु.३९४४.८३( रु. दश लाखमा) छ । कृषि शीर्षकमा २०७५ मंसिर महिनामा बैंकको कर्जा रु. २२३२.२४(रु. दश लाखमा) थियो । मंसिरको तुलनामा बैंकको पुस महिनामा रु. १७१२.५९(रु. दश लाखमा) ले कर्जा बढेको छ । यदि बैंकको कृषि कर्जा रु. २ अर्व ५५ करोडको खरिद गरेको हो भने न्यूनतम बैंकको कर्जा रु. २ अर्व ५५ करोडले बढ्नु पर्ने हो तर रु. १ अर्व ७१ करोड २५ लाखले मात्र कर्जा बढेको देखिन्छ । यो बढेको कर्जा कृषि विकास बैंकबाट खरिद गरिएको नभई बैंकको आफ्नै कारणले बढेको हुन सक्छ । बैंकले खाली आफ्नो पुरानो कुनै हिसाव मिलान गर्नको लागि मात्र कृषि विकास बैंकबाट कर्जा किनेको भनेर राष्ट्र बैंक लगायत सर्वसाधारण र शेयर धनीलाई गुमराहमा राखेको देखिन्छ । बैंकको दाबालाई अर्को तथ्यले पनि गलत प्रमाणित्  गरेको देखिन्छ ।

बैंकले २ अर्व ५५ करोडको उर्जा शीर्षकको कर्जा कृषि विकास बैंकलाई पुस महिनामा बेचेको भनेको छ । अब पुस महिनाको बैंकको उर्जा शीर्षकको पोर्टफोलीयो हेरौ ।

सानिमा बैंकको २०७५ मंसिरको उर्जा शीर्षकमा जम्मा रु. ३००३.२(रु. दश लाखमा) भएको सूचना उपलब्ध गराई सकेको छ । त्यस्तै पुस महिनामा बैंकको उर्जा शिर्षकमा रु. ३२९५.२७(रु. दश लाखमा) हो भनि सूचना उपलब्ध गराई सकेको छ । २ अर्व ५५ करोड उर्जा कर्जा कृषि विकास बैंकलाई बिक्री गरेकोले सानिमा बैंकको कर्जा पुस महिनामा न्यूनतम २ अर्व ५५ करोडले घटेर जम्मा रु. ४५ करोड ३२ लाख हुनु पर्नेमा पुस महिनामा बैंकको कर्जा रु. ३ अर्व २९ करोड ५२ लाख देखिनुले पनि बैंकले गरेको दाबि सरासर गलत भएको प्रमाणित गरेको देखिन्छ । पुस महिनामा बैंकको आन्तरिक कारणले ४५ करोडको कर्जा बढेर रु. ३ अर्व २९ करोड ५२ लाख भएको हो कि भन्ने शेयरधनी तथा पाठकलाई जिज्ञासा आउन सक्छ । यदि त्यस्तो जिज्ञासा आयाे भने शेयरधनी तथा पाठकलाई यो जानकारी गराउदछु कि सानिमा बैंकले दिएको अर्को सूचनाले यो प्रमाणित गरेको छ कि २०७५ पुस महिनामा उर्जा शीर्षकमा बैंकले नयाँ कर्जा रु. ४३ करोड ७० लाख मात्र भुक्तानी गरेको र रु. १५ करोड ८० लाख असुली गरेको विवरण बैंकले नै उपलब्ध गराई सकेको छ । यो तथ्यले पनि बैंक गलत भएको प्रमाणित गर्दछ ।

बैंकले किन यस्तो बदमासी गर्यो होला त ? आम पाठक तथा शेयर धनीको मनमा यो प्रश्न आई रहेको हुन सक्छ । बैकले अन्त विग्रेको हिसाव मिलान गर्न यस्तो चलाखी गरेको हुन सक्छ । बैंकले किनेको भनेर राष्ट्र बैंकलाई खाली विवरण मात्र उपलब्ध गरायो । कर्जा किनेको र बेचेको बराबर भएको भए बैंकको आम्दानी र खर्च बराबर हुन्थ्यो र हिसाव मिलान पनि हुन्थ्यो । यहाँ बैंकले कर्जा किनेको भनेर आम्दानी बढेको देखिन्छ । यदि कर्जा किनेकै छैन भने कसरी आम्दानी बढ्यो त ? बढेको आम्दानी बैंकको खातामा कहाँबाट हायो त ? यो भन्दा पहिला पनि हामीले बैंकले झण्डै २ अर्व ५० करोडको हिसाव सिष्टमबाट गायव बनाएको आलेख प्रकाशित गरेका थियौँ । सिष्टमबाट गायव भएको पैसा सिष्टममा ल्याउनको लागि  लागि पनि बैंकको झूठो आम्दानी भएको देखाएर सिष्टम भन्दा बाहिर गएको पैसा सिष्टममा ल्याएको हुन सक्छ । होइन भने सामान्य डेविट/क्रेडीडको दोहोरो लेखा प्रणलीमा हिसाव किन मिल्न आएन ?

२ अर्ब १२ करोड पचाउने दाउमा सानिमा बैंकका अध्यक्ष पाैडेल

यो विषयमा हामीले सानिमा बैंकका कार्यकारी प्रमुख निश्चलराज पाण्डेसँग भेटेर भएको बदमासीको बारेमा कुराकानी गर्न निकै प्रयास गरेका थियौ । जहिले फोन गर्दा पनि कार्यकारी मिटीङ्गमा भएको र कार्यालयमा भेट्न जादाँ पनि मिटीङ्गमा भएकोले भेट्न समय नै उपलब्ध गराउनु भएन । साधारण शेयर धनी भएको हैसियतले बैंकले गरेको प्रगतीमा शेयर धनीको पनि प्रगती हुने र बैकको प्रगती नभई शयेर धनीको पनि प्रगती नहुने भएकोले भएका गल्ती कमजोरीलाई औलाई दिदा बैंकले वास्ता नगरेकोले बैंक निकै लापरवाहि र गैरजिम्मेवारीका साथ चलेको देखिन्छ ।

तल्लो स्तरका कर्मचारीले जस्तो रिर्पोङ्ग ग¥यो सो रिर्पोटलाई आखाँ चिम्लेर विश्वास गर्ने बानी कार्यकारी प्रमुखको छ । प्रश्न उठेको विषयलाई तल्लो स्तरसम्म गई समाधान गर्नु पर्नेमा खाली हाम्रो गल्ती छैन, भएको भए नेपाल राष्ट्र बैंकले कारवाही गरी  हाल्थ्यो भनि बैंक भागी रहेको छ । सूचना माग गरेको हो वा उजुरी गरेको हो भन्ने छुत्याउने सामान्य विवेक पनि कार्यकारीमा भएको देखिदैन । कार्यकारीलाई गरेको उजुरीको जवाफ सूचना अधिकारीले दिएकोले पनि कार्यकारीको नैतिकता तथा क्षमतामा प्रश्न उठाउने वातावरण देखिएको हो । बैंकले पुष देखि जेठ सम्मको ५ महिनामा कर्जा रकममा तलमाथि गर्दा २ अर्व ५५ करोडको ब्याज सामान्यतय १४ प्रतिशतको दरले हिसाव गर्दा रु. १४ करोड हुन्छ । कर्जा खरीद गरेको देखाएमा बैंकको आम्दानी पनि बढेको देखिन आउछ । सिष्टम भन्दा बाहिर गएको रकम सिष्टममा ल्याउनको लागि यो भन्दा उपयुक्त उपाया अरु के हुन सक्छ ?

कर्मचारीले गरेको गल्ती वा कमजोरीलाई कार्यकारीले जिम्मेवारी लिनु पर्ने र सो लाई समाधान गर्नु पर्ने हो । यदि कार्यकारीले नै गल्ती वा कमजोरी गरेमा सो लाई ठीक पार्ने जिम्मेवारी अध्यक्षको हुनुपर्ने हो । बैंकका कार्यकारीले आफ्नो गल्ती वा कमजोरी स्विकार गर्न तयार नभएपछि हामीले बैंकका अध्यक्षसँग सम्पर्क गरेका थियौ । बैकका अध्यक्ष टुक प्रसाद पौडेलले हाम्रो मोवाईल नम्बर . ब्लक गरेको थाहा पायौ । नम्बर ब्लक भएको खबरसहित बैंकको कमजोरीका÷गल्तीको कुरा अध्यक्षसँग पु¥याई दिनु भनि हामीले कम्पनी सचिवलाई सम्पर्क गरेका थियौ । कम्पनी सचिवले हाम्रो कुरा अध्यक्ष समक्ष पुर्याए वा पुर्याएनन न् दैव जानुन् ।

20801121 agri hydro difference (1)