झन्डै तिन हजार भोट गन्दा माधव नेपालको पार्टीलाई जम्मा ६ मत

आइतबार, १६ बैशाख २०८१

काठमाडौँ – इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीको बिजोग भएको छ । फाकफोकथुम गाउँपालिकाको २ वटा वडाको झन्डै ३ हजार  मत गनिसक्दा समाजवादीले ६ मत मात्रै ल्याएको हो ।

१ हजार ५२१ मत सदर हुँदासम्म एक मत पनि नपाएको समाजवादीले थप १२ सय मत गणनामा भने ६ मत ल्याएको हो । इलाम २ मा माधव नेपाल नेतृत्वको समाजवादी पार्टीबाट जीतबहादुर राई उम्मेदवार छन् । इलाममा कांग्रेसका उम्मेदवार डम्बर खड्काले १ हजार १५५, सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएका छन् ।

पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह सिंह लिम्बूले ३१३ र मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको २११ मत आएको छ । इलाममा समाजवादीका नेता झलनाथ खनाल चुनावी कमान्डर बनेर पुगेका थिए ।