सहिद मित्रमणी आचार्यको हत्या गरेको ठाउँमै गएर अखिल (समाजवादी) ले मनायो स्मृति दिवस

मंगलबार, १८ बैशाख २०८१

चितवन – अखिल (समाजवादी)ले मित्रमणी आचार्यको ३९ औ स्मृति दिवस मनाएको छ । मङ्गलबार स्मृति दिवसको अवसर पारेर सहिद मित्रमणी आचार्यको हत्या भयको स्थान चितवनको पर्साढापमा नै गएर स्मृति दिवस मनाएकाे हो।

उक्त कार्यक्रममा समजवादीले मित्रमणिमाथि भएको आक्रमणको प्रतिरोध गर्ने दुई जना ज्युदो सहिदहरुलाई सम्मान गरेको थियो  ।अखिल (समाजवादी) को केन्द्रीय सचिव अटल सीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य सन्देश सी, केन्द्रीय सदस्य उत्सब सी, प्रतिनिधि समिती सदस्यहरु मीन प्रसाद, रुद्र सी, भरत सी, भरतपुर महानगर वडा न.२६ का वडा अध्यक्ष ज्ञान प्रसाद खनालका आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा तत्कालीन घटनामा निर्घात पिटिएका विजय भुजेल, मधु गुरुङ राष्ट्रि जनमोर्चाका नेता कृष्ण केसी, नेकपा माओवादी केन्द्रका २५ नम्बर वडा अध्यक्ष राजु भुशाल लगायतको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा वक्ताहरु सबैले मित्रमणी आचार्यले वोकेको विचार आम श्रमजिवी वर्गको पक्षमा रहेको बताउँदै आचार्यले वोकेको विचारलाई मर्न नदिन दृढता पूर्वक लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य सन्देश सीले नेकपाले मित्रमणीको शालिकसहितको बहुउद्देश्यीय पार्क निर्माण गर्ने प्रतिबद्धता गरे । उनले मित्रमणी लगायतको सहिदको इतिहासलाई लिपिबद्द गरेर नयाँ पुस्तालाई भन्न पर्ने र पढाउनुपर्नेमा काेष दिए ।

‘देशको अग्रगामी परिवर्तनमा आचार्यको भूमिका मत्वपूर्ण छ’ उनले भने, ‘परिवर्तनकारी शक्तिहरुका लागि मित्रमणी जस्ता महान शहिदहरुको वलिदानीले शक्ति र प्रेरणा दिइरहने छ।’ अग्रगामी परिवर्तनमा आचार्यको हत्याले क्षती पुराएको बताउँदै उनले राज्य सत्ताको दुरुपयोग गर्दै राजनैतिक आवरणबाट आचार्यको हत्या भएकोसमेत बताएका छन्।

कार्यक्रममा वडा अध्यक्ष ज्ञान प्रसाद खनालले यो महत्त्वपूर्ण कार्यक्रमको लागि अखिल (समाजवादि) लाई धन्यवाद दिए ।मित्रमणिका सहयात्री विजय भुजेलले मित्रमणिको आवाजलाई सहन नसकि काङ्ग्रेसहरुले आचार्यको हत्यागरेको उल्लेख गर्दै मित्रमणिको विचार मर्न नदिने संकल्पमा सब अगाडि बढपर्ने आवश्यकता रहेको बताएका छन् । उनले आचार्यले कम्यूनिस्ट विद्यार्थी आन्दोलनमा दिएको योगदानको वषयमा समेत चर्चा गरेका थिए।

कार्यक्रमको अध्यक्ष तथा अखिल समाजवादीका केन्द्रीय सचिव अटलले मित्रमणीको सपना वैज्ञानिक समाजवादी शिक्षा भएको भन्दै आफ्नो सङ्गठनले त्यो पूरा गर्ने प्रतिबद्धता जनाए । २०१९ सालमा प्यूठान रम्दी २ तिघ्रामा जन्मिएका आचार्य २०४२ साल वैशाख १८ गते चितवनको मेघौली पर्साढापमा हुने अभिभावक भेलामा जाने क्रममा विचमै हतियारधारी समुहले हत्या गरेको थियो। तत्कालिन अखिल (छैठौं)का केन्द्रीय सदस्य रहेका आचार्य प्रगतिशिल प्यानलबाट कृषि तथा पशु विज्ञान संस्थान रामपुरको स्ववियू सभापति थिए।