वैशाख २८ गते अस्ट्रेलिया जाने विद्यार्थीका लागि उत्तम साइत, १००% छात्रवृत्ति पाइने

आइतबार, २३ बैशाख २०८१

काठमाडौं – एईसीसी ग्लोबलले ‘अस्ट्रेलिया एड्मिसन डे’ को आयोजना गरेको छ । एईसीसी ग्लोबलले अध्ययनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई १००%  छात्रवृत्तिको अफरसहित ‘अस्ट्रेलिया एडमिन डे नामक एजुकेशन फेयरको आयोजना गरेको हो ।

वैशाख २८ गते हुने ‘अस्ट्रेलिया एडमिन डे मा उपस्थित विद्यार्थीले अस्ट्रेलियाका चर्चित विश्वविद्यालयमा सतप्रतिशत छात्रवृत्तिको अवसर प्राप्त गर्ने एईसीसीले जनाएको छ । एईसीसीको केन्द्रीय कार्यालय डिल्लिबजारमा हुने एड्मिसन डे मा अस्ट्रेलियाका १५ वटा विश्वविद्यायको सहभागिता हुनेछ । कक्षा १२ को परिक्षा दिएर बसेका तथा व्याचलर अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै अस्ट्रेलिया एजुकेशन फेयरको आयोजना गरिएको एईसीसीका कन्ट्रिम्यानेजर शैलेश कुमार झाले बताए । फेयर विहान ११ बजेदेखि बेलुका ४ बजेसम्म चल्ने छ ।

फेयरमा सहभागी विद्यार्थीले उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श लिन पाउने, निःशुल्क भिसा प्रोसेसिङ, वास्तविक वित्तीय परामर्शका साथै ब्रिटिश काउन्सिल, पियर्सन पिटिई, ईटीएसका प्रतिनिधिहरुसँग भेटेर परामर्श लिन सक्नेछन् । साथै, यो फेयरमा सहभागी विद्यार्थीले आईएलटिएस, पिटिईका कक्षाहरुमा ६० प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

यो दिन नेपाली विद्यार्थीका लागि उत्तम साइत हुनसक्छ किनकी एईसीसीले आयोजना गरेका फेयरमा सहभागी ९१ प्रतिशत विद्यार्थीको भिसा लाग्ने गरेको छ । अस्ट्रेलियाको भिजा नलागिरहेको बेलामा एईसीसीको भने राम्रो भिसा रेट रहेको छ ।