प्रचण्ड–देउवाबिच भेटवार्ता, के के भयो कुराकानी ?
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज विहान संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डण् र नेपाली कांग्रेसका सभापति देउवासँग भेटवार्ता भएको हो ।
अहिले बालुवाटारमा प्रधानमन्त्रीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र कृष्णप्रसाद सिटौलाबिच छलफल भइरहेको छ ।
सदनमा देखिएको अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्ने लगायतका विषयमा कुराकानी भइरहेको बुझिएको छ । कांग्रेस सभापतिका सहयोगी भानु देउवाले अहिले बालुवाटारमा भेटवार्ता भइरहेको बताए ।