जिबी राई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ : ज्ञानेन्द्र शाही
काठमाडौँ – राप्रकाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले जिबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर दिएको अभिव्यक्ति गम्भीर भएको भन्दै अव प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने अवस्था आएको बताए । सभामुखसँगको छलफलपछि राप्रपापछि मिडियासँग कुरा गर्दै शाहीले यस्तो बताएका हुन् ।
छलफलमा कांग्रेसले संसदीय समिति छानबिनको अडान कायमै राखेको थियो । ‘हामीले गृहमन्त्रीको कुरा विश्वास गर्र्नैपर्छ । यदि उहाँको कुरा साँचो हो भने अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ’, शाहीले सञ्चारकर्मीसँग भने, ‘गृहमन्त्रीले पक्राउपुर्जी जारी गर्नुपर्छ ।’
शाहीले शनिबार चितवनमा पुगेर सहकारी ठग जिबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर बोलेको दाबी समेत गरे ।