१०० मिलियन भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’

मंगलबार, १० बैशाख २०७६

काठमाडौँ । गाउँ देखि सहरसम्म लोकप्रिय ‘कुटुमा कुटु’ गीतले यूट्यूवमा १०० मिलियन अर्थात १० करोड भ्यूज पाएको छ । कुनै पनि नेपाली गीत १० करोड क्लवमा प्रवेश गरेको यो पहिलोपटक हो ।

चलचित्र ‘२ रुपैयाँ’ मा समावेश गरिएको यस गीतले यूट्यूवमा सुरुदेखि नै आक्रामक भ्यूज प्राप्त गरिरहेको थियो । गीतमा राजनराजको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आसिफ साह फिचरिङ छन् ।