‘ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर’ गर्दै हब इन्टरनेशनल एजुकेशन

बिहिबार, ३ जेष्ठ २०८१

काठमाडौं – हब इन्टरनेशनल एजुकेशनले ‘ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर’ आयोजना गर्ने भएको छ । हबको हात्तीसरमा अवस्थित आफ्नै कम्प्लेक्समा मे १८ अर्थात जेठ ५ गते शनिबारका दिन बहुप्रतिक्षित ‘ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर २०२४’ आयोजना गर्ने भएको हो ।

उक्त फेयरले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि उत्कृष्ट शैक्षिक परामर्श लिन सहयोग गर्ने छ । फेयरमा यूके, आयरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्याण्ड, भारत र दुबई लगायत ८ं देशका ३० भन्दा बढी युनिभर्सिटी र इन्स्टिच्युटका प्रतिनिधिहरूले लक्षित विद्यार्थीहरूलाई प्रत्यक्ष साक्षात्कार गर्ने अबले जनाएको छ ।

यसबाहेक, विद्यार्थीहरूले छात्रवृत्ति अवसरहरू र अन्य विभिन्न सुविधाहरूको बारेमा जानकारी प्राप्त गर्ने मौका पाउने बताइएको छ । ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयरमा भाग्यशाली विजेताहरूले स्मार्टफोन, फूड भाउचर, चलचित्र टिकटहरू र अन्य धेरै रोमाञ्चक उपहारहरू प्राप्त गर्न सक्नेछन्।सहभागीहरूले उच्च शिक्षाको मार्ग कोर्दै रोमाञ्चक खेलहरू र गतिविधिहरूमा समेत भाग लिई प्रशस्त उपहार हरू हात पार्न सक्नु हुनेछ।

“यो कार्यक्रम शैक्षिक मेला मात्र होइन, यो विदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरूको लागि असीम अवसरहरूको प्रवेशद्वार हो’, हब इन्टरनेशनल एजुकेशनका चेयरम्यान उद्वब बहादुर खड्का भने , ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयर २०२४ विदेशमा आफ्नो शैक्षिक यात्रा सुरु गर्न इच्छुक विद्यार्थीहरूले कार्यक्रमको यो लिङ्क मार्फत बुकीङ गर्न सक्नेछन् । साथै ०१–५३४२०९६ मा सम्पर्क गर्नेसब्ने हबले जनाएको छ ।